Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से उच्च अंकले घट्दै गर्दा खरिद चाप बढ्दै गएको देखाउँदै MACD र DMI इण्डिकेटर

बसन्त पाण्डे

आइतबार, ०४ बैशाख २०७९, १६ : २७ मा प्रकाशित

नेप्से उच्च अंकले घट्दै गर्दा खरिद चाप बढ्दै गएको देखाउँदै MACD र DMI इण्डिकेटर

साताको पहिलो दिन आईतबार नेप्से २९.६० अंकले घटेर बन्द भयो। गत बिहिबार ३० अंक भन्दा धेरैले बढेर २४१५ को बिन्दुमा क्लोज भएको बजार आज घटेर २३८५ को बिन्दुमा आइपुगेको छ। अस्ति बजार बढिसकेपछि धेरैले बजारले बटम लगाइसकेको र बजार बढेर माथितिर नै जाने अनुमान गरेका थिए तर ठिक विपरित नेप्से घटेर बन्द भयो। विशेषगरी २ बजे पछि राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी सरकारले आफूमाथि निराधार आरोप लगाएको र आफ्नो जाँचबुझको लागि बनेको समितिमा पनि आफ्ना मान्छेहरुको नियुक्ति गरिएको भन्दै पुरै प्रक्रिया रद्ध गरिपाउँ भनि सर्बोच्चमा निबेदन दिएको खबर बजारमा फैलिएपछि अब त्यसले बजारमा कस्तो असर पार्ने हो भनि आत्तिएर धेरैले सेयर बेचेको पाइयो।  

प्राविधिक रुपमा कस्तो देखियो आजको बजार ?

सुरुवाती चरणमा बजार बढेको थियो। बिस्तारै सप्लाई आउन थाल्यो र बजार घट्न थाल्यो। अन्तिम घन्टामा बजार तिब्र गतिमा घट्यो। आज बजारमा करिब डेढ अर्ब रकम बराबरको कारोबार भएको छ। बजार घटेर तल्लो बिन्दुमा आउंदै गर्दा कारोबार रकम घट्दै जानुले बजार कुनै पनि बेला माथितिर फर्किन सक्ने संकेत गर्दछ।  

इण्डिकेटरहरुले के देखाउदैछन ? 

RSI 
नेप्सेको डेली चार्टमा RSI ३१.३८ को लेभलमा छ। केहि दिनअघि नेप्से २३६४ को बिन्दुसम्म झर्दा RSI २७ को लेभलमा झरेको थियो। ३० र सोभन्दा तलको RSI ले बजार ओभरसोल्ड जोनमा रहेको जनाउँछ। नेप्सेको इतिहास हेर्दा RSI ३० देखि २० को बीचबाट फर्किंदा बजार मज्जाले बढेको देखिन्छ। अब RSI ३० भन्दा तल खस्न थाल्यो भने खरिद गर्ने तर्फ ध्यान दिनु उपयुक्त हुने देखिन्छ।  

MACD 
बजार २५५० बाट तलतिर लाग्दै गर्दा MACD मा बियरिश क्रसओभर देखिएको थियो। नकारात्मक एरियामा बनेका हिस्टोग्रामहरु लामो लामो बन्दै गईरहेको थियो तर गत बिहिबार ३० अंक भन्दा धेरैले बजार बढ्दै गर्दा नकारात्मक एरियामा बनेको हिस्टोग्राम घटेर सानो भएको थियो।  सबैभन्दा महत्वपूर्ण कुरा के देखियो भने आज बजार करिब ३० अंकले घट्दा पनि हिस्टोग्राम लामो भएको छैन बरु झन् छोटो हुँदै गएको छ।  यसले बजार घटेतापनि बजारमा सेलिङ्ग प्रेसर नआएको देखिएको छ।  आजको सेलिङ्ग रिटेल इन्भेस्टरहरुको भएको संकेत यसले गर्दछ। यदि भोलिका दिनहरुमा पनि लगातार हिस्टोग्राम सानो बन्दै गयो भने त्यसले बजार मजबुत बन्दै जाने सम्भावना बढेर जानेछ।  

DMI 
DMI इण्डिकेटरमा पनि आज केहि खास देखिएको छ। बजार घटेको छ तर  -DI लाईन तलतिर झुकेको छ भने +DI लाईन माथितिर फर्किएको छ।  त्यस्तै ADX पनि २८ को लेभलबाट तलतिर झर्न खोजेको जस्तो देखिएको छ।  यदि भोलिदेखि -DI  लाइन झन् तलतिर झर्ने र +DI लाइन माथितिर नै जाने अवस्था बन्यो भने बजार बढेर जानेछ।  

बजार बढेर उत्तेजित बन्दै गर्दा हामीलाई अब बजार कहिले पनि घट्दैन जस्तो लाग्ने गर्दछ। बजार माथि हुँदै गर्दा बजार अझै बढ्छ भन्ने ठानेर हामी आफुसंग  भएको सेयर बेच्दैनौं बरु किन्न हतारिन्छौँ।  त्यस्तै बजार घटेर निकै तल आउंदै गर्दा अब बजार बढ्दैन, बजार सकियो जस्तो हामीलाई लाग्छ। यस्तो बेलामा हामी सेयर किन्न सक्दैनौ बरु आफुसंग भएको पनि बेच्न पुग्छौं। बजारको उतार चढाव हाम्रो हातमा छैन तर बजारको उतार चढावबाट कसरी फाइदा लिने भन्ने कुरा हाम्रो हातमा छ ।  

बजारको चिरफार: चुनाव अगाडी ४/१२ क्याप हट्ने संकेत,घट्नाक्रम जसले बजारमा असर गर्नसक्छ Basanta Pandey

वैशाख १ विशेष: बजार अहिले बुल कि बियर? अब कता जाला? काकाको पोर्टफोलियोमा के छ? Keshav Koirala (KaKa)

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको