Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको नाफा घट्दा ईपीएस के भयाे ?

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, १२ : ३५ मा प्रकाशित

कृषि विकास बैंकको नाफा घट्दा ईपीएस के भयाे ?

कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा बैंककाे खुद नाफा ८.०९ प्रतिशतले घटेर एक अर्ब ९० करोड ५३ लाख ९३ हजार रुपैयाँमा सिमित भएकाे छ । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ७ करोड ३० लाख ६१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी भने २६.१० प्रतिशतले बढेर ५ अर्ब ५८ करोड ४६ लाख ३९ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी ४ अर्ब ४२ करोड ८६ लाख ७ हजार रूपैयाँ रहेकाे थियाे ।

तेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा ४.६९ प्रतिशतले घटेर २ अर्ब ७९ करोड ६७ लाख रूपैयाँमा सिमित छ । गत वर्ष बैंकले २ अर्ब ९३ करोड ४२ लाख ३५ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा ९८ करोड ६४ लाख ३३ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १८ अर्ब ६२ करोड ६ लाख २७ हजार रुपैयाँ र जगेडा कोषमा १० अर्ब २१ करोड २३ लाख ९२ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) १६ रूपैयाँ ७९ पैसा र प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ३० पैसा रहेकाे छ ।

बैंकले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

No description available.

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको