Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी डेभलपमेन्ट बैंकको नाफा घट्याे, खुद ब्याज आम्दानी बढ्याे

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, १४ : ४६ मा प्रकाशित

मितेरी डेभलपमेन्ट बैंकको नाफा घट्याे, खुद ब्याज आम्दानी बढ्याे

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले १० करोड ६० लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ०.९८ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले १० करोड ७० लाख ७६ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी भने १५ प्रतिशतले बढेर २२ करोड २६ लाख ८१ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी १९ करोड ३३ लाख ६ हजार रूपैयाँ रहेकाे थियाे ।

तेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि बढेर २३ करोड ९४ लाख ५२ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले २३ करोड ९१ लाख ६७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, बैंकको चुक्ता पुँजी ९० करोड ३४ लाख रुपैयाँ र जगेडा कोषमा २६ करोड ४२ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) १५ रूपैयाँ ६५ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ४ पैसा रहेकाे छ ।

बैंकले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको