Like us!
Follow us!
Connect us!
Watch us!

घट्दो बजारलाई सम्बोधन गर्ने गृहकार्यमा धितोपत्र बोर्ड, केही ठोस कुरा आउने अध्यक्षको भनाई

बसन्त पाण्डे

विहीबार, ०८ बैशाख २०७९, १६ : १९ मा प्रकाशित

घट्दो बजारलाई सम्बोधन गर्ने गृहकार्यमा धितोपत्र बोर्ड, केही ठोस कुरा आउने अध्यक्षको भनाई

सेयर बजार लगातार घटिरहेको छ। बजार लगातारजसो घट्दा लगानीकर्ताहरु आक्रान्त भएका छन्। नेप्से परिसूचकमा व्यापक गिरावट आउँदा राम्रो प्रतिफल दिँदै आएका तथा वित्तिय अवस्था राम्रो रहेका कम्पनीहरुको मूल्य पनि निकै तल आईसकेको छ। बजार यसरी व्यापक रुपमा घटेर लगानीकर्ताहरु प्यानिक हुँदै गर्दा धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड के हेरेर बसेको छ भनेर हामीले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालसँग सोधेका छौं।  

'अहिले बजार घट्नुमा तरलताको असहज अवस्था, बढ्दो ब्याजदर जस्ता कुराहरुले धेरै असर पारिरहेका छन्। तरलताको अवस्था असहज भएकाले दैनिक कारोबार पनि निकै घटेको छ। यस्तो अवस्थामा लगानीकर्ताहरुको मनोबल उकास्न नेपालको सेयर बजारलाई लगानीको आकर्षक बिन्दुको रुपमा विकसित गर्नको लागि के कस्ता कार्यक्रमहरु ल्याउनुपर्ला भन्ने गहन गृहकार्यमा हामी लागिरहेका छौं।  त्यसको लागि रियल सेक्टरका कम्पनीहरुलाई पनि सेयर बजारमा ल्याउने प्रयास भईरहेको छ।  म आफै ठूला कर्पोरेट हाउसका संचालकहरुलाई भेटेर यो विषयमा छलफल गरिरहेको छु। हामीले कसैलाई सेयर बजारमा लगानी गर या नगर भन्ने भन्दा पनि हाम्रो सेयर बजारलाई कसरी लगानी गर्न योग्य बजारको रुपमा विकसित गर्ने भन्ने नै हाम्रो मुख्य उद्देश्य हो। ' उनले भने।  

तपाईंको नियुक्ति हुँदाका बखत जुन किसिमको इनर्जी देखाउनुभएको थियो त्यो अनुसारको काम देखिएन ; अहिले त सेलाउनु पो भयो कि भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै हमालले केहि निकै महत्वपूर्ण कामहरु गरिरहेको र त्यसको रिजल्ट आउन केहि समय लाग्ने बताए। लगानीकर्ताका संघर्ष समितिले समय समयमा बुझाएका मागपत्रहरु अध्ययन गर्दै त्यहाँ उल्लेखित कुराहरुलाइ प्राथमिकीकरण गर्दै चरणबद्ध रुपमा काम गरिने उनले बताए।  

राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको ४/१२ को क्यापले असार मसान्तताका झन् असर गर्न सक्ने हुँदा कमसेकम ज-जसको १२ करोडभन्दा बढी कर्जा छ उनीहरुलाई सेटलमेन्टको लागि कम्तिमा १ बर्ष भएपनि समय थप गरिदिए धेरै सहज हुने थियो नि भन्ने हाम्रो सुझावलाई गम्भीरता पुर्वक लिएको बताउँदै यो विषयमा राष्ट्र बैंकसँग कुरा गरिहाल्ने पनि उनले बताए।  त्यस्तै ब्रोकरमार्फत मार्जिन लेन्डिंगको सम्बन्धमा पनि कसरी यो कुरालाई कार्यान्वनयनमा लैजाने भन्ने सन्धर्भमा गम्भीर गृहकार्य भैरहेको जानकारी हमालले दिएका छन।  

अहिलेको बजारको अवस्थालाई आफुहरुले राम्ररी नियालिरहेको उल्लेख गर्दै अर्को हप्ता सेयर बजारको सुधार र स्थायित्वको लागि केहि ठोस प्याकेज लिएर आउने गृहकार्यमा धितोपत्र बोर्ड रहेको पनि हमालले जानकारी दिएका छन। 

Exclusive: नेपाल धितोपत्र बोर्डका नवअध्यक्षको पहिलो अन्तर्वार्ता | Ramesh Hamal | ArthasansarTalk

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको