Like us!
Follow us!
Connect us!
Watch us!

११ अर्बले घट्यो निक्षेप, सिडी रेसियो प्रभावित

अर्थ संसार

मंगलबार, १३ बैशाख २०७९, १५ : ४४ मा प्रकाशित

११ अर्बले घट्यो निक्षेप, सिडी रेसियो प्रभावित

बैंकहरूकाे निक्षेप संकलन र कर्जा प्रवाह दुवै घटेकाे छ । बैंकहरूकाे निक्षेप संकलन घटेपछि त्यसकाे प्रभाव सिडी रेसियाेमा परेकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार वैशाख १३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसअघि वैशाख ४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप रहेको थियाे । ९ दिनमा बैंक तथा वित्तिय संस्थाहरूकाे कुल निक्षेप ११ अर्बले घटेकाे हाे । यस अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि २ अर्बले घटेर ४३ खर्ब ६६ अर्बमा झरेकाे छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि एक अर्बले घटेर ४७ अर्ब २१ अर्ब छ ।

वैशाख ४ गते ९०.४३ प्रतिशत रहेकाे बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) अहिले बढेर ९०.६१ प्रतिशत पुगेकाे राष्ट्र बैंकले जनाएको छ । 

बैंकहरूकाे निक्षेप र कर्जाकाे हालकाे तथ्यांक तल प्रस्तुत गरिएकाे छ :

6267c3355011d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको