Like us!
Follow us!
Connect us!
Watch us!

९० रुपैयाँ नाघ्याे महिला लघुवित्तको ईपीएस, अरू के-के भयाे ?

अर्थ संसार

बुधबार, २१ बैशाख २०७९, ११ : ५१ मा प्रकाशित

९० रुपैयाँ नाघ्याे महिला लघुवित्तको ईपीएस, अरू के-के भयाे ?

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाले १० करोड २६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ५५.७० प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले ६ करोड ४२ लाख ४३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि २८.८५ प्रतिशतले बढेर २० करोड ६८ लाख ९ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी १६ करोड ५ लाख ६ हजार रूपैयाँ रहेकाे थियाे ।

तेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा भने ४८.१४ प्रतिशतले घटेर ४ करोड १० लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष संस्थाले ७ करोड ९२ लाख ४६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा २५ करोड ७९ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी ( ईपीएस) ९० रूपैयाँ ४२ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ २६९ रुपैयाँ ५५ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको