Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिनमा ६ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

अर्थ संसार

विहीबार, २२ बैशाख २०७९, १६ : ५८ मा प्रकाशित

एकैदिनमा ६ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

बैंकहरूकाे निक्षेप संकलन एकदिनमै ७ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार वैशाख २१ गते, बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप रहेको छ । वैशाख २० गते, मंगलबारसम्म बैंकहरूकाे निक्षेप ४९ खर्ब ३८ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ५ अर्बले बढेकाे हाे । यसै अवधिमा बैंकहरूकाे निक्षेप पनि ६ अर्बले बढेर ४३ खर्ब ७२ अर्ब पुगेकाे छ ।

बैंकहरूको कर्जा लगानी एक अर्बले बढेर ४१ खर्ब ९१ अर्ब रूपैयाँ पुगेकाे छ ।

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.६५ प्रतिशतबाट घटेर ९०.५७ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । 

6273b2961f22a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको