Like us!
Follow us!
Connect us!
Watch us!

एक अर्बले बढ्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

अर्थ संसार

सोमबार, ०९ जेठ २०७९, १० : ४८ मा प्रकाशित

एक अर्बले बढ्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

वाणिज्य बैंकहरुको निक्षेप संकलन स्थिर रहँदा कुल निक्षेप भने बढेकाे छ । बैंकहरूकाे कर्जा लगानी पनि बढेकाे छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांक अनुसार जेठ ५ गते, बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाहरूकाे कुल निक्षेप एक अर्बले बढेर ४९ खर्ब ५३ अर्ब पुगेकाे छ । जेठ ४ गते, बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूकाे कुल निक्षेप ४९ अर्ब ५२ अर्ब रहेकाे थियाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप भने ४३ खर्ब ७५ अर्ब रूपैयाँमा स्थिर रहेकाे छ । 

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्बले बढेर ४१ खर्ब ८८ अर्ब रुपैयाँ पुगेकाे छ । यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले कुल ४७ खर्ब १९ अर्ब कर्जा प्रवाह गरेका छन् । 

जेठ ४ गते औसतमा ९०.३० प्रतिशत रहेको सीडी रेसियो जेठ ५ गतेसम्ममा बढेर ९०.३४ प्रतिशत पुगको छ। 

628b164369afc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको