Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकद्वारा एघारौं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

अर्थ संसार

बुधबार, ११ जेठ २०७९, १३ : १४ मा प्रकाशित

कामना सेवा विकास बैंकद्वारा एघारौं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा जेठ १० गते मंगलबारबाट नवलपरासी जिल्लाको कावसोती न.पा. वडा नं. ११ मा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  

कावसोती न.पा. वडा नं. ११, कुडौलीस्थित गुरौ किराना पसल (प्रो. हेमराज गुरौ) लाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारीले उक्त शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका तर्फबाट नारयणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारी लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिती रहेको थियो । 

शाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको