Like us!
Follow us!
Connect us!
Watch us!

२ अर्बले घट्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

अर्थ संसार

विहीबार, १२ जेठ २०७९, १६ : ४३ मा प्रकाशित

२ अर्बले घट्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेकाे छ । बैंकहरूकाे कर्जा लगानी भने स्थिर रहेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन घट्दा कर्जा लगानी स्थिर रहेकाे हाे । 

जेठ ११ गते, बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूकाे कुल निक्षेप ४९ खर्ब ५३ अर्ब रूपैयाँ रहेकाे छ । जेठ १० गते, मंगलबार बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ५५ अर्ब रहेकाे थियाे । एक दिनकाे अवधिमा बैंक तथा वित्तीय संस्थाहरूकाे कुल निक्षेप २ अर्बले घटेकाे हाे । यस्तै, यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप संकलन पनि २ अर्बले नै घटेर ४३ खर्ब ७३ अर्ब रूपैयाँमा झरेकाे छ ।

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी ४१ खर्ब ९० अर्ब रुपैयाँमा स्थिर रहेकाे छ । 

बैंकहरूकाे सीडी रेसियो पनि ९०.३१ प्रतिशतमा स्थिर रहेकाे छ । 

628f5e28526d6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको