Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

अर्थ संसार

शुक्रबार, २० जेठ २०७९, १३ : २९ मा प्रकाशित

सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

सानिमा बैंक लिमिटेडले २५ लाख कित्ता संस्थापक समूहकाे सेयरहरू बिक्री गर्ने भएकाे छ । उक्त सेयरकाे न्यूनतम मूल्य २ सय रूपैयाँ ताेकिएकाे छ । 

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, नारायणचाैर, नक्साल, काठमाडाैँमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको