Like us!
Follow us!
Connect us!
Watch us!

'अबको मौद्रिक नीतिले सिडी रेसियोलाई सिसिडीमा र ४/१२ को नीतिलाई खारेज गर्नैपर्छ'

अर्थ संसार

मंगलबार, २१ असार २०७९, १७ : ०७ मा प्रकाशित

'अबको मौद्रिक नीतिले सिडी रेसियोलाई सिसिडीमा र ४/१२ को नीतिलाई खारेज गर्नैपर्छ'

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले गत वर्ष आएको मौद्रिक नीति संकुचनकारी भएको बताएका छन् । नेपाल व्यवस्थापन एशोसिएसनले आयोजना गरेको मौद्रिक नीति छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताए।

उनले भने, "गत वर्ष आएको मौद्रिक नीतिमा दुई वटा कुरा एकदमै नराम्रा आए जसले अर्थतन्त्रमा संकुचन आयो। पहिलो सीसीडी रेसियाेलाई सिडी बनाउने र सेयर कर्जामा ४/१२ को क्याप लगाउने । हामीले त्यतिबेला पनि गभर्नरसापलाई यस्तो नीतिले अर्थतन्त्रमा प्रभाव पार्ने भन्दै यसको परिमार्जनका लागि सुझाव दिएका थियौँ"

उनले थपे, "अबको मौद्रिक नीतिले यी गल्तीहरुलाई सुधार गर्नुपर्छ भन्ने मेरो सुझाव हो।"

कार्यक्रममा बाेल्ने क्रममा अग्रवालले नेपालमा क्रिप्टाेकरेन्सी मिनिङबाट वैदेशिक मुद्रा आउने सम्भावना रहेको बताएका छन् । आगामी मौद्रिक नीतिले यस सम्बन्धी छलफल गर्न उनले सुझाव दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको