Like us!
Follow us!
Connect us!
Watch us!

'राष्ट्र बैंकले कर्जामा १५% को क्याप नहटाए लघुवित्तकाे अस्तित्व नै खतरामा पर्छ'

अर्थ संसार

मंगलबार, २८ असार २०७९, १५ : ३० मा प्रकाशित

'राष्ट्र बैंकले कर्जामा १५% को क्याप नहटाए लघुवित्तकाे अस्तित्व नै खतरामा पर्छ'

लघुवित्त विज्ञ डा. भरत सिंह थापाले नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्स कर्जाको १५ प्रतिशतको क्याप नहटाए लघुवित्तहरूको अस्तित्व नै खतरामा पर्ने बताएका छन् ।

माईक्रोफाइनान्स एसोसिएसन अफ नेपाल आज आयोजना गरेको मौद्रिक नीति र लघुवित्तहरूको वर्तमान अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।

उनले अहिलेकाे मुख्य इस्यु (Issue) नै फण्डकाे इस्यु रहेकाे बताएका छन् । उनले भने, "अहिलेकाे मुख्य इस्यु भनेकाे फण्डकाे इस्यु हाे । १५ प्रतिशत भन्दा पनि माथि १६ प्रतिशत, १७ प्रतिशत, १८ प्रतिशतसम्म ब्याज तिरेर फण्ड लिनुपर्ने अवस्था छ । अहिले माइक्राेफाइनान्सहरूकाे बिजनेस ग्राेथ साँघुरिएकाे छ ।"

उनले थपे , "आन्ध्र प्रदेशमा Early Warning दिँदा पनि सरकारले वास्ता गरेन र पछि सरकारले अध्यादेश नै लेराउनुपर्ने अवस्था आयाे ।"

कार्यक्रममा बाेल्ने क्रममा उनले लघुवित्तका ग्राहकहरूले उठाएका कुराहरू र सुरूवात गरेका आन्दाेलनलाई गम्भिरतापूर्वक लिनुपर्ने देखिएकाे बताएका छन् । 

त्यस्तै, लघुवित्तहरूकाे ब्याजमा शाेषण भएकाे उनकाे तर्क छ । उनी भन्छन्, "कमर्सियल बैंकहरूले नै ११ प्रतिशत ब्याज दिइरहेका छन् । तर लघुवित्तहरूले जम्मा ५ प्रतिशत ६ प्रतिशत ब्याज दिन्छन् । याे त एक प्रकारकाे शाेषण नै हाे ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको