Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रलाई सम्हाल्ने मौद्रिक नीति ल्याउँदैछौँ : बम बहादुर मिश्र

अर्थ संसार

बुधबार, २९ असार २०७९, १६ : ०७ मा प्रकाशित

अर्थतन्त्रलाई सम्हाल्ने मौद्रिक नीति ल्याउँदैछौँ : बम बहादुर मिश्र

नेपाल राष्ट्र बैंकका डेप्यु्टी गभर्नर बम बहादुर मिश्रले अर्थतन्त्रलाई सम्हाल्ने मौद्रिक नीति ल्याउन लागिएकाे जानकारी दिएका छन् । 

बुधबार चार्टर्ड एकाउन्टेन्स् संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धि प्यानल डिस्कसन कार्यक्रममा गभर्नरकाे सट्टामा पुगेका उनले आफूहरूले अर्थतन्त्रलाई सम्हाल्ने मौद्रिक नीति ल्याउँदै गरेको जानकारी दिएका हुन् । 

सडकदेखि सदनसम्मको दवावलाई झेल्न नसक्दा पूर्वनिर्धारित कार्यक्रममै गएनन् गभर्नर

उनले भने, "अहिले हामी माैद्रिक नीति निर्माणकाे अन्तिम चरणमा छाैँ । सबै तह र तप्काबाट आएका सुझावहरूलाई  समेटेर अर्थतन्त्रलाई सम्हाल्ने मौद्रिक नीति ल्याउँनेछौँ ।"

माैद्रिक नीतिबाट ठूलाे अपेक्षा रहेकाे उनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको