Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा मौलाउँदै डिम्याट ह्याकिङ्ग : ह्याकरहरुले यसरी गरिरहेका छन् पोर्टफोलियो खाली

धिरज पौड्याल

विहीबार, २६ साउन २०७९, १६ : १३ मा प्रकाशित

भारतमा मौलाउँदै डिम्याट ह्याकिङ्ग : ह्याकरहरुले यसरी गरिरहेका छन् पोर्टफोलियो खाली

कोभिड महामारी पछि लगानी गर्नेहरुको संख्या उच्च रूपमा बढेकाे छ । त्यसको प्रभाव भारतीय सेयर बजारमा प्रत्यक्ष रूपमा देखिएको छ। भारतिय सेयर बजार परिसूचक सेन्सेक्स करिब साठी हजारको अंकमा रहेको छ । ३०० बढी ब्रोकर भएको भारतमा सेयर बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या ७ करोड बढी छ । जसमध्ये, २ करोड बढी लगानीकर्ताहरुले सक्रिय कारोबार गरिरहेका छन् । संख्यामा बढी लगानीकर्ता भएको भारतमा पछिल्लो समय डिम्याट अकाउण्टको ह्याक उच्च रूपमा भई रहेको छ। 

भारतीय सञ्चार माध्यमको रिपोर्टका अनुसार भारतमा पछिल्लो समय डिम्याट अकाउण्टको ह्याकिङ उच्च रूपमा भइरहेको छ । ह्याकरहरुले लगानीकर्ताको पोर्टफोलियो कब्जामा लिई खातामा भएका सेयरहरु सबै बिक्री गर्ने र illiquid, सानो (Penny) वा काम नलाग्ने संज्ञा पाएका सेयरहरु खरिद गर्ने गरेको छन् ।

ह्याकरहरुले लगानीकर्ताको खाताको एक्सेस लिनलाई विभिन्न तरिकाका उपायहरू लगाएर OTP कोड लिने तथा खाताको Username, Password, Login Email लगायतका संवेदनशील जानकारीहरु परिवर्तन गर्ने गरेका छन। ह्याकर हरुले लगानीकर्ताको KYC भर्न फोन गर्ने र आफू ब्रोकर भएको विश्वस्त पारिसके पछि उनीहरूबाट OTP कोड लिने गर्छन् र उनीहरूले लगानीकर्ताहरुको खाताबाट अनाधाकृत कारोबार गरिरहेका छन र यस्तो कार्यमा संलग्नलाई भारतिय प्रहरी तथा नेशनल स्टक एक्सचेन्जले कारबाही गरेको छ। 

भारतीय स्टक ब्रोकर जिरोधाका संस्थापक नितिन कमातले यस्तो केस बढ्नुमा Rediffmail ईमेल प्रयोग भएको कारण Rediff ईमेल लाई प्रतिबन्ध लगाएको थियो। 

ह्याकरहरुले अनाधकृत पहुँच पुर्याएर कारोबार गर्दा लगानीकर्तालाई (महंगोमा खरिद गरी सस्तोमा बेचिन पुग्दा) घाटा हुने हुँदा बेच्दा वा Penny Stocks हरु खरिद गर्ने क्रममा ‘टेम्पोररी OTO’ प्रणालीको विकास गरेको उनले बताएका थिए। 

भारतको सेयर बजार नियामक निकायले एक सूचना जारी गर्दै स्टक ब्रोकर तथा Depository Participant's ले यस्तो किसिमको घटना भएको खण्डमा ६ घण्टा भित्र जानकारी दिन निर्देशन गरेको थियो।

नेपालको सेयर बजारमा कारोबार गर्ने सफ्टवेयरमा साइबर सुरक्षाको कुनै पनि व्यवस्था नभएको हुँदा यस्ता किसिमका घटना नेपालमा समेत हुनसक्ने साइबर सूचना विज्ञहरू बताउँछन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको