Like us!
Follow us!
Connect us!
Watch us!

लेखेर राख्नुस् बजार यो विन्दुबाट २०/५० अङ्कभन्दा तल खस्दैन : दिपेन्द्र अग्रवाल

अर्थ संसार

विहीबार, ३० भदौ २०७९, १७ : ५३ मा प्रकाशित

लेखेर राख्नुस् बजार यो विन्दुबाट २०/५० अङ्कभन्दा तल खस्दैन : दिपेन्द्र अग्रवाल

बजारका  ठूला लगानीकर्ताका रुपमा चिनिने दिपेन्द्र अग्रवालले बजार अहिलेको बिन्दुबाट २०/५० अङ्कभन्दा तल कसैले खसाल्न नसक्ने बताएका छन। अर्थसंसार सँगको कुराकानीमा अहिले बैंकको कर्जा सबैभन्दा कम रहेको सेक्टर सेयर बजार भएकाले ब्याजदर बढ्दा अन्य क्षेत्रलाई पर्ने जति प्रभाव सेयर बजारमा नपर्ने पनि उनले बताए।  

बैंकर्स संघले निक्षेपको ब्याजदरमा कायम गरिएको भद्र सहमति खारेज गरी बैंकहरुले आफ्नो आवश्यकता अनुसार ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरेपछि अधिकांश बैंकहरुले ब्याजदर बढाउन सक्ने आंकलन गर्दै लगानीकर्ताहरुले सेयर बिक्रि गर्दा आज  बिहिबार सेयर बजार ५७ अंकले खसेको छ। 

बैंकले ब्याजदर बढाउँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्ने भन्दै ब्याज बढ्दा कुन क्षेत्रमा चाहिँ सकारात्मक प्रभाव पर्ने रहेछ भन्ने कुरा आफूले नबुझेको बताउँदै ब्याजदर बढाउँदा देशको अर्थतन्त्र झनै खस्किन सक्ने बताए। नेपालमा अहिले चलिरहेको ब्याजदर नै निकै उच्च रहेको हुँदा ब्याजदरलाई थप बढाउनेतर्फ राष्ट्र बैंक नै अग्रसर हुनु निकै चिन्ताजनक रहेको अग्रवाल बताउँछन।  

त्यस्तै अग्रवालले ब्याजदर बढ्दा अन्य क्षेत्रमा जाने पैसा सेयर बजारमा आउने पनि बताए। निक्षेपमा ब्याजदर बढाएपछि बैंकहरुले कर्जाको ब्याजदर पनि बढाउने र महँगो ब्याजदरमा कर्जा लिएर व्यापार व्यवसाय गर्दा नाफा कमाउन नसकिने हुँदा व्यापारीहरु आफूसँग भएको पैसा लिएर सेयर बजारमै आउन सक्ने सम्भावना रहने पनि उनले बताए।  

श्रीलंकाको उदाहरण दिँदै अग्रवालले त्यहाँ बैंकको ब्याजदर २४% रहेको तर त्यहाँको सेयर बजार निरन्तर बढिरहेको बताए। ब्याजदर बढ्ने, आयातमा कडाई हुने जस्ता कुराहरुले सेयर बजार बढ्न नै सहयोग गर्ने गरेको पाईएको बताउँदै अग्रवालले नेपालमा पनि ब्याजदर बढ्ने, आयात तत्काल नखुल्ने र सेयर बजार पनि निकै तल्लो बिन्दुमा आइसकेका कारण अब यहि ब्याजदर बढ्ने कुराले एक चरण बजारमा प्यानिक सेल आउने र स्मार्ट लगानीकर्ताहरुले खरिद गर्दै जाने हुँदा अब राम्रो हुन सक्ने सेक्टर भनेको सेयर बजार नै हुनसक्ने दावी अग्रवालले गरेका छन।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको