Like us!
Follow us!
Connect us!
Watch us!

छोरालाई १४ रुपैयाँको दुध किन्न समेत नसकेका लगानीकर्ता केडियाले यो शुत्र अपनाएर १०००करोड कमाए

बसन्त पाण्डे

सोमबार, १० असोज २०७९, १७ : २० मा प्रकाशित

विजय केडिया एक सफल भारतीय लगानीकर्ता हुन्। दिर्घकालिन लगानीमा विश्वास गर्ने केडिया सेयर बजारबाटै १००० करोडको सम्पत्ति बनाउन सफल भए। एक साधारण मध्यम वर्गीय परिवारमा कलकत्तामा जन्मिएका केडियाको सादगीपूर्ण जीवन शैलीबाट प्रभावित नहुने कमै होलान। ८/१० करोडको सम्पत्ति जोडेकाहरु मैले के के न गरेँ भन्दै आफूलाई निकै सफल व्यक्तिको रुपमा प्रस्तुत गरिरहेका हुन्छन तर आफ्नै बलबुतामा हजारौं करोड सम्पत्ति जोड्न सफल भएका केडियामा अलिकति पनि घमण्ड देखिँदैन। 

पिताको देहावसान पछि वाध्यताबश १९ वर्षकै उमेरमा आफ्नो पुर्ख्यौली धन्दा स्टक ब्रोकिङ्गमा लागेका केडिया स्टक ब्रोकिङ्गमा खासै पैसा कमाउन नसक्ने देखिएपछि ट्रेडिङ्गमा लागे। सुरुमा बजार बुलिश ट्रेन्डमा हुँदा उनले ट्रेडिङ्ग गरेर धेरथोर पैसा पनि कमाए। त्यो बेलामा उनीसँग पुँजी पनि निकै कम थियो।  ५/१० हजारबाट ट्रेडिङ्ग सुरु गरेका केडिया १ वर्षभित्रै ५ लाखसम्मको ट्रेड गर्नसक्ने अवस्थामा पुगे। केडिया ट्रेडिङ्गमा रमाईरहेका थिए तर उनको रमाइलो धेरै टिकेन। बजारमा मन्दीको सुरुवात भयो। बियर मार्केटमा उनले लिएका ट्रेडहरु असफल हुन थाले र उनले ठूलो नोक्सानी व्यहोर्नु पर्यो। फ्युचर अप्सन अन्तर्गत ट्रेडिङ्ग गर्ने केडियाले कमाएजति सबै गुमाउन पुगे। आफुले फ्युचर ट्रेडिङ्गमा कमाएजति सबै गुमाएका केडिया अहिले पनि फ्युचर ट्रेडिङ्ग नगर्न सुझाव दिने गर्दछन। 

ट्रेडिङ्ग गरेर ५ लाखसम्म कमाएका केडिया अन्त्यमा ३५ हजार रुपैयाँ हातमा लिएर बजारबाट निस्किए । मुम्बईमा सेयर बजारको राम्रो स्कोप रहेको र कलकत्तामा भन्दा मुम्बईमा राम्रो गर्न सकिने सोचले उनी कलकत्ताबाट मुम्बई आए। सुरुको समय केडियाको लागि निकै नै कठिन र संघर्षपूर्ण रह्यो। छोराको लागि १४ रुपैयाँको दुधको बोटल किन्न समेत नसक्दा मरेतुल्य भएका केडियाले पछि एउटा दुध उत्पादन गर्ने कम्पनीको ठूलो कित्ता सेयर किनेर आफ्नी श्रीमतीलाई उपहार दिएको कुराले असफलताहरुबाट हरेस नखान उत्प्रेरित गर्ने गर्दछ।  

मुम्बई आईसकेपछि ट्रेडिङ्गको दुनियाँ छोडेर केडिया इन्भेस्टिङ्गमा लागे। राम्रो सम्भावना बोकेको कम्पनीमा लामो समयको लागि लगानी गर्दा कैयौँ गुणा नाफा कमाउन सकिन्छ भन्ने उनको विश्वास अन्तत: सत्यमा परिणत भयो। ३० वर्षको उमेरमा मुम्बई छिरेका केडियाले सन् १८८९ मा पन्जाब ट्रयाक्टर नामको कम्पनीको सेयर खरिद गरे। २ वर्षको अन्तरालमै सो सेयरको मूल्य १० गुणाले बढ्यो। सन् १८८९ देखि १८९१ सम्म भारतीय सेयर बजारमा हर्षद मेहताको दबदबा थियो। सन् १९९१ मा ३०० रुपैयाँमा एसीसी सिमेन्टको सेयर किनेर केहि समयको अन्तरालमै ३००० रुपैयाँसम्ममा बेचेको सुखद अनुभव अंगालेका केडियाले हर्षद मेहता स्क्याम बाहिरीए पछिको क्र्याशमा आफ्नो पोर्टफोलियो निकै ठूलो परिमाणमा घटेको पनि देखे। दिर्घकालिन लगानीमा विश्वास गर्दै लामो समयको लागि सेयर होल्ड गर्ने हुँदा छोटो समयमा हुने उतार चढावहरुको खासै वास्ता नगर्ने केडियाले सबैभन्दा धेरै पैसा सन् २००३ देखि २००५ सम्मको अवधिमा बनाए।  

केडियाले SMILE शुत्रको प्रतिपादन गरेका छन्। यहि रणनीति प्रयोग गरेर उनी बजारबाट १००० करोड रुपैयाँ कमाउन सफल भए। उनी बजारमा एक्स्ट्रा अर्डिनरि रिटर्न लिनको लागि आफ्नो SMILE शुत्र फलो गर्न सल्लाह दिने गर्दछन। 

के हो त केडियाको SMILE शुत्र ?

S - Small in Size (Low Capital )

Mi - Medium in Experience (Management) 

L - Large in Aspiration (Ambitious Promoters )

E - Extra Large in Market Potential ( Business Model ) 

केडिया बाई एण्ड होल्डमा विश्वास गर्दैनन। स्मल क्याप कम्पनी किन्न रुचाउने उनी सो कम्पनी मिड क्याप हुन थालेपछि सो कम्पनीबाट बाहिरिन्छन। समय अनुसार फरक फरक सेक्टरका कम्पनीहरुको पर्फर्मेन्स राम्रो हुने हुँदा उनी सोहि अनुसारको रणनीति अपनाउने गर्दछन। कम्पनी व्यवस्थापनलाई निकै महत्व दिने केडिया मध्यम अनुभव हासिल गरेका महत्वाकांक्षी संचालकहरु रहेका कम्पनीहरुमा लगानी गर्न रुचाउँछन्।   

भिडियाे पनि हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको