Like us!
Follow us!
Connect us!
Watch us!

२ वाणिज्य बैंकसहित ९ कम्पनीकाे लाभांश घाेषणा, कुनकाे कति ?

अर्थ संसार

आइतबार, २३ असोज २०७९, १३ : ५५ मा प्रकाशित

२ वाणिज्य बैंकसहित ९ कम्पनीकाे लाभांश घाेषणा, कुनकाे कति ?

यतिबेला लाभांश सिजन चलिरहेकाे छ । धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कम्पनीहरूले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरिरहेका छन् । 

लाभांश कै कुरा गर्नुपर्दा हालसम्म नेप्सेमा सूचिकृत ९ वटा कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् ।

लाभांश घाेषणा गर्ने कम्पनीहरूकाे विवरण यस प्रकारकाे छ :

१. कुमारी बैंक लिमिटेड 

कुमारी बैंक लिमिटेडकाे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले बाेनस सेयर भने प्रस्ताव गरेकाे छैन । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) सँग मर्जरमा जान लागेका कारण हाल दाेश्राे बजारमा बैंककाे काराेबार राेक्का रहेकाे छ ।

लगानीकर्ताको हात खाली नगर्ने नेशनल लाइफ इन्स्योरेन्सः यस्तो छ १० बर्षको लाभांश इतिहास

२. सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकाे सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको ९ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको छ । बैंकको सोह्रौं वार्षिक साधारण सभा कार्तिक४ गते अमृृतभोग, कालिकास्थान, डिल्लीबजारमा हुँदैछ । लाभांश र सभा प्रयोजनका लागि बैंकले यही असोज २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २७ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश र सभामा भाग हुन पाउनेछन्। 

३. नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड 

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिनेछ। 

४. अरुण काबेली पावर कम्पनी लिमिटेड

अरुण काबेली पावर कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि ०.५२ प्रतिशत नगद लाभांश सहित १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

५. रु रु जलविद्युत परियोजना

रु रु जलविद्युत परियोजनाकाे सञ्चालक समिती बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि ०.५२ प्रतिशत नगद लाभांश सहित १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले लाभांश परित सहित अन्य ऐजेन्डाहरु पारित गर्नका लागि कार्तिक ४ गतेका लागि साधारणसभा आह्वान गरेको छ । कम्पनीको १७ औँ साभारणसभा बानेश्वर ब्याङ्क्वेट थापागाँउ बानेश्वरमा दिउसो १ बजेदेखि सुरु हुनेछ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ असोज २७ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरको छ तसर्थ असोज २६ गतेसम्म नेप्सेमा कारोृबार भई कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा सहभागी हुन पाउनेछन् ।

सांग्रिला विकास बैंक : लाभांश सधैँ बाड्ने तर अस्थिर वितरण नीति

६. नेपाल ल्युब आयल कम्पनी लिमिटेड

नेपाल ल्युब आयल निगमको सञ्चालक समितीको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई  २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेकाे छ ।  कम्पनीको ३१ औं वार्षिक साधारण सभा असोज २८ गते याक प्यालेस ललितपुरमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । साधारणसभा प्रयोजनार्थ कम्पनीले लागि असोज १४ गतेदेखि असोज २८ गतेसम्म बुकक्लोज गरिसकेकाे छ । 

७. बोटलर्स नेपाल 

बोटलर्स नेपालको सञ्चालक समितीकाे बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बोटलर्स नेपालका सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त प्रस्तावित लाभांश कम्पनीको साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुलाई वितरण गरिनेछ । 

८. बोटलर्स नेपाल (तराई)

बोटलर्स नेपाल (तराई) को सञ्चालक समितीकाे बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बोटलर्स नेपाल (तराई) का सेयरधनीहरूलाई ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त प्रस्तावित लाभांश कम्पनीको साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुलाई वितरण गरिनेछ । 

इतिहासले भन्छ :अपि पावर कम्पनीले आफ्ना सेयरधनीलाई कहिल्यै निराश बनाउदैन

९. सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेड 

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले एघाराैँ वार्षिक साधारण सभा कार्तिक २ गते बुधबार गर्ने निर्णय गरेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि असाेज १२ गते एक दिनका लागि बुकक्लाेज गरिसकेकाे छ । त्यसैले, असाेज ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको