Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकम नेप्सेको सदाबहार कम्पनी : ४० भन्दा कम लाभांश कहिल्यै नदिएको इतिहास

अर्थ संसार

शनिबार, २९ असोज २०७९, १० : ४४ मा प्रकाशित

नेपाल टेलिकम नेप्सेको सदाबहार कम्पनी : ४० भन्दा कम लाभांश कहिल्यै नदिएको  इतिहास

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) नेप्सेमा सूचिकृत कम्पनीहरु मध्य निरन्तर मुनाफामा रहने र सधैं नै कमाएको मुनाफाबाट लगानीकर्ताको हात खाली नगर्ने कम्पनी मध्य एक हो। कम्पनीले आर्थिक वर्ष २०६७/६८ देखि नै आफ्ना सेयरधनीलाई निरन्तर लाभांस खुवाउदै आएको छ। 

नेपाल दूरसञ्चार कम्पनीको अर्को सबल पक्ष भनेको यस कम्पनी कहिलयै  पनि ४० भन्दा कम लाभांस दिएको छैन। आधारभूत विश्लेषण गरेर निरन्तर लाभांस खाने हिसाबले लगानीकर्ताको आकर्षणमा पर्ने कम्पनी हो नेपाल टेलिकम। 

कम्पनीको इतिहास हेर्ने हो भने कम्पनी जहिले पनि नगद लाभांस दिने गरेको छ।  तर गएको आर्थिक वर्ष २०७७-७८ मा निरन्तरतामा क्रम भंगता गरेको  टेलिकमलेले पहिलो पटक बोनस सेयर पनि दिएको थियो। सर्वसाधारणलाई सेयर जारी गरेको अवस्था देखि १५ अर्ब चुक्ता पूँजी रहेको कम्पनीको गत वर्ष दिएको २० प्रतिशत बोनस सेयर पछि अहिले कम्पनीको हाल चुक्ता पूँजी १८ अर्ब पुगेको छ। 

यस्तो छ टेलिकमको लाभांस इतिहास 

१. आर्थिक वर्ष २०६७/२०६८: आर्थिक वर्ष २०६८/६९ मा नेपाल टेलिकमले आफ्ना सेयरधनीहरूलाई ४५ प्रतिशत  नगद लाभांश वितरण गरेकाे थियाे ।

२ . आर्थिक वर्ष २०६८/२०६९ : आर्थिक वर्ष २०६८/६९ मा नेपाल टेलिकमले आफ्ना सेयरधनीहरूलाई ४८ प्रतिशत  नगद लाभांश वितरण गरेकाे थियाे ।

३  . आर्थिक वर्ष २०६९/३०७०  : आर्थिक वर्ष २०६९/ ७०  मा नेपाल टेलिकमले आफ्ना सेयरधनीहरूलाई ४६ प्रतिशत  नगद लाभांश वितरण गरेकाे थियाे ।

४ . आर्थिक वर्ष २०७०/७१  : आर्थिक वर्ष २०७०/७१ मा नेपाल टेलिकमले आफ्ना सेयरधनीहरूलाई ४७ प्रतिशत  नगद लाभांश वितरण गरेकाे थियाे ।

५ . आर्थिक वर्ष २०७१/७२  : आर्थिक वर्ष २०७१/७२ मा नेपाल टेलिकमले आफ्ना सेयरधनीहरूलाई ५० प्रतिशत  नगद लाभांश वितरण गरेकाे थियाे ।

६ . आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा नेपाल टेलिकमले आफ्ना सेयरधनीहरूलाई ५१ प्रतिशत  नगद लाभांश वितरण गरेकाे थियाे ।

७ . आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४  मा नेपाल टेलिकमले आफ्ना सेयरधनीहरूलाई ५५ प्रतिशत  नगद लाभांश वितरण गरेकाे थियाे ।

८ . आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा नेपाल टेलिकमले आफ्ना सेयरधनीहरूलाई ५५ प्रतिशत  नगद लाभांश वितरण गरेकाे थियाे ।

९ . आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६  मा नेपाल टेलिकमले आफ्ना सेयरधनीहरूलाई ४५ प्रतिशत  नगद लाभांश वितरण गरेकाे थियाे ।

१० . आर्थिक वर्ष २०७६/७७  : आर्थिक वर्ष २०७६/७७  मा नेपाल टेलिकमले आफ्ना सेयरधनीहरूलाई ४० प्रतिशत  नगद लाभांश वितरण गरेकाे थियाे ।

११ . आर्थिक वर्ष २०७७/७८  : आर्थिक वर्ष २०७७/७८   मा नेपाल टेलिकमले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत  नगद लाभांश र २० प्रतिशत बोनस गरि कम्पनीले कुम ४० प्रतिशत लाभांस वितरण गरेकाे थियाे ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले कमाउदा सबैभन्दा फाईदा भने नेपाल सरकारलाई हुने गरे छ।  यस कम्पनीमा नेपाल सरकारको ९१.५० %,नागरिक लगानी कोषको ०.०३ % र सर्वसाधारणको ८.४७ % सेयर स्वामित्व रहेको छ। 

कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को चौथो त्रैमाससम्मको वित्तीय विवरण  अनुसार कम्पनीको नाफामा बृद्धि आएको छ ।गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद मुनाफा नाफा १७.५४ प्रतिशतले बढेर ८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ७ अर्ब १२ करोड ९४ लाख रुपैयाँमा सिमित थियो। 

सो अवधिमा कम्पनीको कुल आम्दानी ५ प्रतिशतले बढेर ४४ अर्ब ३२ करोड १३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको कुल आम्दानी ४२ अर्ब २० करोड ९९ लाख रुपैयाँ थियो । 

हाल चुक्ता पूँजी १८ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७७ अर्ब ६ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा संचित रकम पनि बढेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ५६ पैसा रहेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५२८ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.१८ गुणा रहेको छ।

यो पनि पद्नुहोस 
 

बजारमा खेल्ने ‘अस्त्र’ बनाईँदै एनटिसी: कसले र किन राख्दैछ लाखौँ कित्ताको ‘बाई अर्डर’ ?

चुनाव खर्चकै लागि भए पनि एनटीसीले १०० प्रतिशत लाभांश दिनसक्छ : ज्योति दाहाल

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको