Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर लाइसेन्सका लागि आवेदन दिने आज अन्तिम दिन, नेप्सेले एकमुष्ठ सिफारिस पठाउँदै

अर्थ संसार

सोमबार, ३१ असोज २०७९, ११ : ४१ मा प्रकाशित

ब्रोकर लाइसेन्सका लागि आवेदन दिने आज अन्तिम दिन, नेप्सेले एकमुष्ठ सिफारिस पठाउँदै

नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । नियामक निकाय नेपाल धिताेपत्र बाेर्डले यही असाेज २ गते ३० दिनभित्र नयाँ ब्रोकर लाइसेन्सको आवेदन दिन आह्वान गरेकाे थियाे ।

आइतबार कार्यालय समयसम्म ३८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस माग गरेका छन् । सेबोनको संशोधित विनियमावलीअनुसार तीन प्रकारका ब्रोकर लाइसेन्सको अनुमति दिने तयारी गरिएको छ । जसअनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ कायम गरिएको छ । पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी ६० करोड रुपैयाँ र धितोपत्र व्यापारी कम्पनीको चुक्तापुँजी एक अर्ब ५० करोड रुपैयाँ कायम गरिएको छ । 

नेपाल स्टक एक्सचेन्जले आज सेबोनमा एकमुष्ठ रूपमा कम्पनीहरूले माग गरेका नयाँ ब्रोकर लाइसेन्सको सिफारिस पठाउने भएको छ । 

धितोपत्र ऐन २०६४ को दफा ५७ को उपदफा २ (ग) को ‘धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रका लागि निवेदन दिनुपर्ने शीर्षकमा’ मा ‘धितोपत्र बजारको सदस्यता लिएर मात्र व्यवसाय गर्न पाउने तोकिएबमोजिमका व्यवसायीका हकमा सम्बन्धित धितोपत्र बजारको सिफारिसपत्र’ भनिएको छ । त्यसैले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेको सिफारिस अनिवार्य छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको