निर्वाचन आयोगले निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षाका लागि टिकटक भिडियो बनाउनेलाई पुरष्कृत गर्ने भएको छ । आयोगले निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षा सम्बन्धी उत्कृष्ट ५ भिडियोलाई जनही ५० हजार पुरष्कार दिने घोषणा गरेको हो ।
टिकटक भिडियो प्रतियोगितामा सहभागि हुनेहरुले कार्तिक ५ गतेदेखि १५ गतेसम्ममा आयोगमा टिकटक भिडियो पठाइसक्नुपर्ने छ । भिडियो बनाउनेहरुले कम्तिमा २० सेकेन्डदेखि १ मिनेट सम्मको भिडियो बनाउनु पर्नेछ ।
निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता र महत्त्व, मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारी लगायत निर्वाचन सम्बन्धी विषयमा आधारित भएर छुट्टाछुट्टै भिडियो बनाउन सकिनेछ। एकजना व्यक्तिले बढिमा ५ वटासम्म भिडियो बनाउन पाउनेछन् ।
आयोगले प्रकाशन गरेको सूचनाः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस