Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचनपछि अर्थतन्त्र सकारात्मक दिशातर्फः प्रमुख निर्वाचन आयुक्त

अर्थ संसार

बुधबार, २३ कार्तिक २०७९, ०६ : ५८ मा प्रकाशित

निर्वाचनपछि अर्थतन्त्र सकारात्मक दिशातर्फः प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निजी क्षेत्रका व्यवसायीलाई चुनावको थप माहोल बनाउन सहयोग गरिदिन आग्रह गरेका छन् । मङ्गलबार आयोगको कार्यालयमा आयोजित निजी क्षेत्रसँग  अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

व्यवसायीहरूको सहयोग मुलुक र लोकतन्त्रका लागि महìवपूर्ण हुने विश्लेषण गर्दै थपलियाले आ–आफ्नो संस्थामा कार्यरत कर्मचारीलाई मतदान गर्न पाउने गरी सहजीकरण गरिदिनसमेत अनुरोध गरे । उनले हाल देशको अर्थतन्त्र निकै अप्ठ्यारो स्थितिमा रहेका तथ्यहरू विश्लेषण गर्दै निर्वाचनपछि यो अर्थतन्त्र सकारात्मक दिशातर्फ अग्रसर हुने विश्वाससमेत व्यक्त गरे । 

“अहिले तरलताको अभाव, ब्याजदर वृद्धि, बचत घटिरहेको जस्ता अवस्था सुनिन्छ । यसले कतै व्यवसायी पलायन नै पो हुने हो कि ? भन्ने माहोल छ,” थपलियाले भने, “निर्वाचनसँग पनि यसको कुनै न कुनै साइनो छ । यो अप्ठ्यारो स्थितिलाई निर्वाचनपछि सहजतातिर लैजान पनि यसले सहयोग मिलोस् भन्ने हो ।” गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको