निर्वाचन आयोगले मतदाता परिचयपत्र बाहेका अन्य सरकारी परिचयपत्रबाट समेत मदतान गर्न पाउने व्यबस्था गरेको छ ।
आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था गरेको छ ।
४ थरीका मतपत्रमा के कसरी मतदान गर्ने ?
मतदाताले सर्वप्रथम प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि रातो रङ निर्वाचन चिन्ह भएको मतपत्र पाउनुहुने छ । उक्त मतपत्र लिएर गोप्य कोठामा गई मतदान गरी १ नं. स्टिकर टाँसिएको मतपेटिकामा मतपत्र खसाल्नुपर्छ ।
दोस्रो चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको कालो रङको निर्वाचन चिन्ह भएको मतपत्र लिइ गोप्य कोठमा भएर मतदान गरी २ नं. स्टिकर टाँसिएको मतपेटिकामा मतपत्र खसाल्नु पर्दछ ।
तेस्रो चरणमा प्रदेश सभाको पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीको लागि रातो रङको निर्वाचन चिन्ह भएको मतपत्र लिई मतदान गरी ३ नं. स्टिकर टाँसिएको मतपेटिकामा मत खसाल्ने र अन्त्यमा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको कालो रङको निर्वाचन चिन्ह भएको मतपत्रमा मतदान गरी मतपेटिका ४ नं. स्टिकर टाँसिएको मतपत्रमा मत खसाउनु पर्दछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस