Like us!
Follow us!
Connect us!
Watch us!

देशभर मतदान सुरू

अर्थ संसार

आइतबार, ०४ मंसिर २०७९, ०७ : ३३ मा प्रकाशित

देशभर मतदान सुरू

आज मंसिर ४ गते। प्रतिनिधिसभा तथा प्रदेशसभाका नयाँ सदस्य चुन्न देश अधिराज्य भरि मतदान सुरू भएको छ। आइतबार बिहान ७ देखि सुरू भएको मतदान बेलुकी ५ बजेसम्म मतदान दिने सकिने छ।

प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुँदैछ। चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले भाग लिँदै छन्। मतदान गर्न १० हजार ८ सय ९२ मतदान स्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र निर्माण गरिएको निर्वाचन आयोगले जनाएको छ।

पासपोर्ट, लालपुर्जा र लाइसेन्स देखाएर समेत मतदान गर्न पाइने

आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि मतदाता परिचय पत्र अनिवार्य नहुने निर्वाचन आयोगले जनाएको छ । 

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाण पुर्जा, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्रबाट समेत मतदान गर्न सक्ने व्यवस्था गरेको हो । 

यद्यपि उक्त कुनै पनि प्रमाणपत्रको सक्कलप्रति चाहिने आयोगले उल्लेख गरेको छ । 

मतदाताहरूले प्रतिनिधि र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी चारवटा छुट्टाछुट्टै मतपत्र खसाल्नुपर्नेछ। सबभन्दा पहिला प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मतदान गरेपछि समानुपातिकका लागि भोट हाल्ने मतपत्र प्राप्त हुनेछ। त्यो मतपत्र बाकसमा खसालेपछि प्रदेशसभाको प्रत्यक्षतर्फ र त्यसपछि समानुपातिकतर्फ भोट हाल्नुपर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको