Like us!
Follow us!
Connect us!
Watch us!

१५ तस्विरमा हेर्नुहाेस् ग्लोबल आईएमई बैंककाे एजीएम

अर्थ संसार

शुक्रबार, २३ मंसिर २०७९, १३ : ४७ मा प्रकाशित

१५ तस्विरमा हेर्नुहाेस् ग्लोबल आईएमई बैंककाे एजीएम

ग्लोबल आईएमई बैंक लिमिटेडकाे साेर्ह्राैँ वार्षिक साधारण सभा आज (मंसिर २३ गते, शुक्रबार) गैरीधारास्थित सिल्भर ओक ब्यांक्वेटमा सम्पन्न भएकाे छ ।

सभाले सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

लाभांश र मर्जर प्रस्ताव पारित गर्दै ग्लोबल आईएमईकाे एजीएम सम्पन्न, पूँजी ५० अर्ब पुर्याइने

त्यसैगरी, सभामा विशेष प्रस्ताव अन्तर्गत बैंकको अधिकृत पूँजी २५ अर्बलाई वृद्धि गरी ५० अर्ब रूपैयाँ कायम गर्ने प्रस्ताव पारित गरिएकाे छ । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, ग्लोबल आइएमई बैंक लिमिटेड र बैक अफ काठमाण्डू लिमिटेड गाभ्ने/ गाभिने (मर्जर) प्रयोजनका लागि मुल्याइन कर्ताबाट प्राप्त चल / अचल सम्पत्ति दायित्व तथा कारोबारको मुल्याङ्कन प्रतिवेदन (Due Diligence Audit DDA) आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १:१ (Share swap Ratio, 1:1) स्वीकृत गर्ने, ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने गाभिने (मर्जर) सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जर सम्बन्धी अन्य प्रकृया पुरा भएको हुँदा बैंक अफ काठमाण्डू लिमिटेड यस बैंकमा गाभ्न/गाभिन अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्तावहरू पनि सभामा पारित गरिएकाे छ ।

१५ तस्विरमा हेर्नुहाेस् ग्लोबल आईएमई बैंककाे एजीएम

6392ec18ccaa6.JPG 6392ec192ef7d.JPG 6392ec195f527.JPG 6392ec1986f2a.JPG 6392ec19e6be9.JPG 6392ec1a512bf.JPG 6392ec1a61311.JPG 6392ec1ab666f.JPG 6392ec1b0c53c.JPG 6392ec1b5e9d7.JPG 6392ec1b95505.JPG 6392ec1bafc12.JPG 6392ec1c1d097.JPG 6392ec1c66a79.JPG 6392ec1c763f4.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको