Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंक र जोड इनिस्येटिभबीच दृष्टिविहिनहरुलाई ट्रेनिङ्ग दिन सम्झौता

अर्थ संसार

सोमबार, २६ मंसिर २०७९, ११ : ३६ मा प्रकाशित

कामना सेवा विकास बैंक र जोड इनिस्येटिभबीच दृष्टिविहिनहरुलाई ट्रेनिङ्ग दिन सम्झौता

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहिनहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ्ग दिनका लागि जोड इनिस्येटिभसँग सम्झाैता गरेको छ ।

यस सम्झौता पश्चात् कामना सेवा विकास बैंकले दृष्टिविहिन विद्यार्थीहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ्ग प्रदान गर्न आर्थिक सहयोग गर्ने छ । साथै बैंकले दृष्टिविहिनहरुलाई लक्षित गरि ल्याइएको स्वभिमान बचत खाता समेत खोलिदिनेछ ।

सम्झौता कार्यक्रममा बैंकका तर्फबाट ब्रान्डिङ्ग प्रबन्ध श्रष्टिना मानन्धर र जोड इनिस्येटिभका संस्थापक सौरभ तिवारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

यसैसँगै आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिवद्धता बैंकले लिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको