Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको दराजसँग "दराज १२.१२” योजनाका लागि सहकार्य

अर्थ संसार

सोमबार, २६ मंसिर २०७९, १२ : १५ मा प्रकाशित

सानिमा बैंकको दराजसँग "दराज १२.१२” योजनाका लागि सहकार्य

सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग "Daraz 12.12" योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् रु.१,०००/- सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १२% वा अधिकतम रु १,२१२/- सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजनामा सिमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइनेछ । छुटका लागि ग्राहकहरूले दराजको एप वा वेबसाइटबाट लगईन गरी दिउँसो २ देखि ३ बजेसम्म बैंक भौचर सङ्कलन गरी खरीद गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (EMI) सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

यो योजना मंसिर २६ देखि पौष ३ गतेसम्म ७ दिनका लागि लागू हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको