Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सद्धारा बनेपामा न्यानो लुगा वितरण

अर्थ संसार

बुधबार, २८ मंसिर २०७९, १४ : २० मा प्रकाशित

समृद्धि फाइनान्सद्धारा बनेपामा न्यानो लुगा वितरण

समृद्धि फाइनान्सले मंसिर २८ गते बनेपामा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले बनेपा वडा न. ८ मा रहेको चैतन्य माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गर्ने कार्यक्रम आयोजना गरेको थियो ।

यस कार्यक्रम अन्तरगत २६ जना विद्यार्थीहरुलाई यस संस्थाका प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र चैतन्य माध्यमिक विद्यालयका प्रधानाध्यापक निशा देवी मानन्धरको उपस्तिथिमा ज्याकेट वितरण गरिएको यस संस्थाका व्यवसाय प्रवद्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ ।  

फाइनान्सले ३ महिनाको मुद्घति निक्षेपमा सर्वाधिक १३.००%, र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । समृद्धि फाइनान्सले मुद्धति निक्षेपको योजना अन्तर्गत ६६ महिनामा पैसा दोब्बर हुने मुद्धति निक्षेप योजना र यसका साथ साथै फाइनान्सले ८ वर्ष ९ महिनामा पैसा तेब्बर, १२ वर्ष १० महिनामा पैसा पाँच गुणा र १६ वर्ष ६ महिनामा पैसा आठ गुणा हुने मुद्घति निक्षेप योजना पनि संचालनमा ल्याएको छ । फाइनान्सले हाल आठ ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको