Like us!
Follow us!
Connect us!
Watch us!

अर्थसंसार समाचारको प्रभाव :  ग्लोबल आइएमई क्यापिटललाई कारबाही गर्दै नेपाल धितोपत्र बोर्ड

अर्थ संसार

विहीबार, २८ बैशाख २०८०, ११ : ४८ मा प्रकाशित

अर्थसंसार समाचारको प्रभाव :  ग्लोबल आइएमई क्यापिटललाई कारबाही गर्दै नेपाल धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई कारबाही गर्ने भएको छ। अर्थसंसारले ,"सेयरबजारको पैसा हरायो-२ : ग्लोबल आइएमई समुन्नत योजना - १ का कारण लगानीकर्ताको एक अर्ब फ्रिज"  प्रकाशित गर्दै लगानीकर्ताको लगानी योग्य पैसा बजारबाट हराएको समाचारमा उल्लेख छ। 

समाचारमा फण्ड र नियामक दुवै लगानीकर्ताको पैसा रोकिएको कुरामा चिन्तित नभएको उल्लेख थियो। समाचार प्रकाशन पछि नेपाल धितोपत्र बोर्डले फण्ड विरुद्ध कारबाहीको प्रकृया अगाडी बढाएको हो। 

धितोपत्र बोर्डले सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम (३१) को खण्ड ७ को उपनियम ६ लाई पालना नगरेको कारण फण्ड व्यवस्थापक क्य्पाटिललाई कारबाही गर्ने लागेको हो। 

२०६७ को नियम (३१) को खण्ड ७ को उपनियम ६ मा  "बमोजिम सुचना प्रकाशन गरेपछि कोष सुपरिवेक्षक वा योजना व्यवस्थापकले त्यस्तो खारेज गर्ने लागिएको योजनाको कारोबार गर्न गराउन हुँदैन।"

तर, फण्डले यस नियमको खिल्ली उडाउदै परिपक्व भएको एक महिना नाघिसक्दा पनि लगानीकर्ताको पैसा फिर्ता गर्ने तयारी गरेको छैन र फण्डको खारेजीको सूचनामा उल्लेखित मितिपछि पनि कारोबार गरेको पाइएको छ।

फण्डले गत वर्ष फागुन ६ गते सूचना प्रकाशित गर्दै ग्लोबल आइएमई समुन्नत योजना - १  चैत्र ११ गते परिपक्व हुने जानकारी दिएको थियो। 

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “ग्लोबल आइएमई समुन्नत योजना - १” को झन्डै १० करोड इकाई परिपक्व हुदा लगानीकर्ताको झण्डै एक अर्ब लगानी योग्य रकम फसेको छ। 

सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम (३१) को खण्ड (१) (क) मा भएको व्यवस्था बमोजिम योजनाको अवधि समाप्त भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दोश्रो बजारमा यस योजनाको सूचीकरण खारेज गरिसकेको छ ।

“ग्लोबल आइएमई समुन्नत योजना - १” खारेजी पश्चात् सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम (३२) को उपनियम (३) को व्यवस्था बमोजिम योजना अर्न्तगतको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई उनीहरुको स्वामित्वको आधारमा भुक्तानी दिनुपर्ने व्यवस्था छ । नेप्सेमा अन्तिम कारोबार चैत्र ९ गते बिहीबारसम्म कारोबार भई कायम हुने इकाईधनीहरु मात्र योजनाको खारेजी पश्चातको प्रतिफल प्राप्त गर्ने लगानीकर्ताको पैसा अहिले फ्रिज भएको छ। 

यस योजना सञ्चालनका लागि योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले २०७२ साल माघ १३ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यस योजना सञ्चालनका लागि १० करोड इकाई जारी गरिएको थियो ।

लगानीकर्ताको यति धेरै पैसा होल्ड हुँदा पनि ग्लोबल आइएमई क्यापिटल लगानी फिर्ता गर्ने चटारोमा भने छैन। उल्टो क्यापिटल भने नियमावली रहेको ३ महिनाको व्यवस्थालाई देखाउदै पन्छिने गरेको थियो। फण्ड भने  नियमावली अनुसार ३ महिनाभित्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ त्यसैले समय अझै बाँकी नै छ भन्दै पन्छिने गरेको छ। 

लगानीकर्ताहरु पनि आइएमई क्यापिटल सँग रुष्ट देखिन्छन। "यो सरासर फण्डको लापरवाही हो।  योजना सकिने दिन सम्म फण्डले आफ्नो लगानी बेचेर सकिसकेको हुनपर्ने हो , के यत्रो रोकिएको समयको फण्डले हामीलाई ब्याज दिन्छ ? " भनेर प्रश्न गर्छन। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको