Like us!
Follow us!
Connect us!
Watch us!

सात नयाँ ब्रोकर कम्पनीहरुले असार मसान्तभित्रै कारोबार थाल्ने

अर्थ संसार

विहीबार, १४ असार २०८०, १२ : २८ मा प्रकाशित

सात नयाँ ब्रोकर कम्पनीहरुले असार मसान्तभित्रै कारोबार थाल्ने

लामो समयदेखि विवादमा रहेको ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढेको छ । पहिलो चरणमा नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट लाइसेन्स पाएका सात ब्रोकर कम्पनीले यसै महिना अर्थात् असार मसान्तभित्रै कारोबार शुरू गर्ने तयारी थालेका छन् ।

सन सेक्युरिटिज प्रा.लि, गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, मियो सेक्युरिटिज प्रा.लि, शेयर प्रो सेक्युरिटिज प्रा.लि र प्रोपर्टी विजार्ड लिमिटेडले असारभित्रै कारोबार शुरू गर्ने तयारी थालेका हुन्।

उक्त कम्पनी नेपाल स्टक एक्सचेन्ज (नेप्से)कै कारोबार प्रणालीमा जोडिने छन् । भौतिक पूर्वाधारमा योग्य हुनका लागि नयाँ कम्पनीहरूले तयार गरेको प्रणालीलाई नेप्सेको कारोबार प्रणालीले सपोर्ट गर्नुपर्ने देखिन्छ । त्यसो नगरे कारोबारमा आउन नयाँ कम्पनीहरुलाई कठिने हुने अनुमान गरिएको छ । 

बोर्डले पहिलो चरणमा सीमित कार्य गर्ने सात कम्पनीलाई जेठ ८ गते ब्रोकर लाइसेन्स दिएका थिए । ब्रोकर लाइसेन्स पाएकै साता ती कम्पनी नेप्सेको सदस्यता लिन पुगेका थिए। नेप्सेले सदस्यता दिन ती कम्पनीहरुको भौतिक पूर्वाधार निरीक्षण सकाएको छ । तर, पूर्वाधार निरीक्षणको प्रतिवेदन सञ्चालक समितिबाट पारित हुन मात्र बाँकी रहेको बताइएको छ । 

भौतिक पूर्वाधार तयार गरिसकेका कम्पनीले असार चौथो सातादेखि कारोबार शुरू गर्ने तयारी गरेका छन् । नेप्सेले नयाँ कम्पनीलाई कारोबारमा ल्याउन सक्दो चाँडो निर्णय लिनु पर्ने हुन्छ । नेप्सेले चाँडो निर्णय गरे मात्र नयाँ ब्रोकर कम्पनीहरुले सीडीएससीको सदस्यता लिन पाउनेछन् । त्यसो नगरे सीडीएससीको सदस्यता लिन ढिलाई हुनेछ ।

त्यस्तै, बोर्डबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ ब्रोकर कम्पनीले पनि नेप्सेकै प्रणालीमा जोडिन आवेदन दिएका छन् । ती ११ कम्पनीले पेश गरेका कागजपत्र निरीक्षण भइरहेको जनाइएको छ । यी कम्पनीको विवरण निरीक्षणपछि नेप्सेले प्राविधिक तयारी पूरा गर्न निर्देशन दिँदै आशयपत्र प्रदान गर्नेछ।

फरक फरक सेवा प्रदान गर्ने गरी भित्रिन लागेका नयाँ ब्रोकर कम्पनीले सेवा शुरू गरेपछि बजारमा नयाँ आयाम थपिने विश्वास सेयर लगानीकर्ताहरुले राखेका छन् । ब्रोकर धेरै हुँदा लगानीकर्ताले प्रभावकारी सेवा छनोटको अवसर पाउने भएकाले बजारमा छुट्टै माहोल बन्ने समेत लगानीकताहरुको भनाई छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको