Like us!
Follow us!
Connect us!
Watch us!

भिडियो रिपोर्ट : दिक्दार राजनीतिले थाके प्रचण्ड, सरकार छाड्ने गरेका हुन त इसारा ?

अर्थ संसार

बुधबार, २० असार २०८०, ०८ : ४३ मा प्रकाशित

नेपालको भु–राजनीतिक अवस्था हेर्दा यहाँ प्रधानमन्त्रीको कार्यकारी कुर्सीमा बसेर सरकार हाक्न त्यती सजिलो छैन् । यहाँ उत्तर, दक्षिण र पश्चिमलाई सन्तुलन गरेर मात्र सत्ता हाक्न सक्ने छ । नेपालको सत्ता भारत, चीन र अमेरिकालगायत अन्य पश्चिमा मुलुकलाई रिझाए मात्र टिक्ने गर्दछ ।

तर, अहिले प्रधानमन्त्रीका रुपमा स्थापित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले त्रिपक्षीय सन्तुलन मिलाउन नसकेको प्रष्ट देखिन्छ । निकै प्रयासपछि भारत भ्रमणमा गएका थिए प्रधानमन्त्री प्रचण्ड । तर, उनलाई त्यहाँबाट केहि उपलब्धी नभएको विश्लेषकहरु तर्क छ । अब उनी उत्तरलाई रिझाउँन यहि सेप्टेम्बरमा चीन भ्रमणमा जाँदै छन् । चीनले उनलाई बिआरआईको विषयमा होमवोर्क गरेर आउन भनेको विश्वस्त स्रोतले बताएका छन् । कहिले दक्षिण रुष्ट हुने त कहिले उत्तर रुष्ट हुने प्रबृत्ति रहेको यस्तो अवस्थामा प्रधानमन्त्री मित्र राष्ट्रलाई रिझाउँदा रिझाउँदै थाकिसकेको र सत्ता टिकाउनै गाह्रो भइसकेको उनको अभिव्यक्तिहरुले नै पुष्टि गर्दै छ । 

उनले स्वयम सत्ता त्याग्न तयार रहेको सार्वजनिक रुपमै संकेत दिइसकेका छन् । अहिले मुलुकको अवस्था हेर्दा निकै मुलुकमा जटिलता छाएको देखिन्छ । विभिन्न मुद्धा र काण्डमा ठूला दलका नेताहरु फस्दै गएको देखिन्छ । यस्तो अवस्थामा सरकार सम्हाल्न निकै कठिन भएको छ प्रधानमन्त्री प्रचण्डलाई ।

सोमबार स्व. गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा उनले नेपाली जनताको मेहनत र बलमा प्राप्त भएको परिवर्तनमा अहिले विचारको आवश्यकता देखिएको बताए। उनले नयाँ पार्टीहरूप्रति लक्षित गर्दै पुराना पार्टीहरूको भन्दा राम्रो विचार लिएर आउने, राम्रो एजेन्डा सहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने उनीहरूलाई सम्मान गर्न र ठाउँ छोड्न गाह्रो नभएको बताए । उनको यो अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ ।

उनको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा तहल्का मच्चाएको छ । उनको भनाईले प्रधानमन्त्री अब थाकिसकेको र सरकार हाक्न नसक्ने अवस्थामा पुगेको र खुला रुपमा सत्ता छाड्ने तयार रहेको विश्लेषकहरु बताउँछन् । उनले नयाँ इच्छाशक्ति सहित राष्ट्र र जनताको जीवन बदल्न पहल नगर्ने हो भने देश दुर्घटनामा जाने बताएका छन् । उनी प्रधानमन्त्री बनेदेखिनै सत्तामा टिक्न अनेकन प्रयासबाहेक अरु केहि गर्न नसकेको कारण मुलुकले निकास पाउन नसकेको आम जनताको बुझाई छ । गठबन्धन सरकारको बैशाखी टेकेर प्रधानमन्त्री बनेका प्रचण्डलाई प्रदेशको समिकरण मिलाउन पनि त्यतीकै दवाब रहेको देखिन्छ ।

केन्द्र देखि प्रदेशसम्मको समिकरण र सबै पार्टीलाई रिझाउँन मात्र केन्द्रित रहेको प्रधानमन्त्री प्रचण्ड निकै अप्ठ्यारो परिस्थितिमा रहेको विश्लेषकहरुको धारणा छ । यसकारणहरु पनि उनले खुला रुपमा सत्ता त्याग्न तयार रहेको बताएको विश्लेषकहरुको तर्क छ । परिस्थिति अनुसार के साच्चै प्रचण्ड सरकारबाट बाहिरिने कसरतमा त छैनन् रु यसले नेपाली राजनीतिमा कस्तो प्रभाव पार्छ त्यो समयले बताउँने छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको