Like us!
Follow us!
Connect us!
Watch us!

यसपालि वाणिज्य बैंकले यस्तो गरे लाभांश व्यवस्था, बोनस नै नदिने बैंकको संख्या पाँच

अर्थ संसार

विहीबार, १२ पुस २०८०, १३ : ३६ मा प्रकाशित

यसपालि वाणिज्य बैंकले यस्तो गरे लाभांश व्यवस्था, बोनस नै नदिने बैंकको संख्या पाँच

हाल नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये ११ वटा वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७९/८० सम्मकाे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई प्रदान गरिने लाभांशकाे घाेषणा गरेका छन् । साधारण सभाबाट पारित गरि केही बैंकले उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिसकेका छन् । लाभांश घाेषणा गर्ने वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै एनआइसी एसिया बैंकले ३०.५२ प्रतिशत लाभांश घाेषणा गर्दा केही बैंकले लाभांश नै नदिने घोषणा गरेका छन् । लाभांश नदिने बैंकको संख्या पाँच छ भने लाभांश घोषणा गर्न बाकिँ तीन बैंक छन् ।

त्यस्तै, लाभांश घाेषणा गर्ने ११ वटा वाणिज्य बैंकमध्ये ८ वटा बैंकहरूले वार्षिक साधारण सभा गरिसकेका छन् । यसैगरी ११ बैंक मध्ये लक्ष्मी सनराइज बैंक बाहेक १० बैंककाे बुकक्लाेज पनि भइसकेकाे छ । त्यसैले, अब यी बैंककाे सेयर किन्ने लगानीकर्ताहरूले याे आर्थिक वर्षकाे लाभांश पाउँदैनन् ।

हेर्नुहोस् कुन बैंकले कति दिए लाभांश ?

. माछापुच्छ्रे बैंक लिमिटेड

माछापुच्छ्रे बैंक लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । बैंकले २६ कात्तिकमा होटल पोखरा ग्रान्ड, पार्दी पोखरामा २३औँ वार्षिक साधारण सभा गरिसकेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ८ गते नै बुकक्लोज गरेकाे थियाे । कम्पनीले लाभांश वितरण गरेर मङ्सिर ५ गते बोनस सेयर नेप्सेमा लिस्टिङ समेत भइसकेको छ ।

२. एनआइसी एसिया बैंक

एनआइसी एसिया बैंक लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.५२६३ प्रतिशत नगद गरी कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । बैंकले असोज २८ गते काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा २६ औँ वार्षिक साधारण सभा गरिसकेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १६ गते नै बुकक्लोज गरेकाे थियाे ।

३. एभरेस्ट बैंक

एभरेस्ट बैंक लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । बैंकले असोज २८ गते काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा २९ औँ वार्षिक साधारण सभा गरिसकेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १६ गते नै बुकक्लोज गरेकाे थियाे ।

४. सानिमा बैंक

सानिमा बैंक लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि समेत ५.७ प्रतिशत नगद गरी कुल १४.७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । बैंकले कार्तिक २ गते काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा १९ औँ वार्षिक साधारण सभा गरिसकेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज २२ गते नै बुकक्लोज गरेकाे थियाे ।

५. स्ट्यान्डर्ड चार्टर्ड बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । बैंकले मङ्सिर २४ गते काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा ३७ औँ वार्षिक साधारण सभा गरिसकेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मङ्सिर ७ गते नै बुकक्लोज गरेकाे थियाे ।

६. सिटिजन्स बैंक

सिटिजन्स बैंकको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । बैंकले असोज २६ गते काठमाडौं डिल्लीबजारस्थित अमृतभोगमा १७ औँ वार्षिक साधारण सभा गरिसकेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १५ गते नै बुकक्लोज गरेकाे थियाे ।

७. सिद्धार्थ बैंक

सिद्धार्थ बैंकको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । बैंकले मङ्सिर ५ गते काठमाडौं बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा २२ औँ वार्षिक साधारण सभा गरिसकेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कार्तिक ३१ गते नै बुकक्लोज गरेकाे थियाे ।

८. नबिल बैंक

नबिल बैंकको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । बैंकले पुस १२ गते काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा ३७ औँ वार्षिक साधारण सभा गर्दैछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मङ्सिर २९ गते नै बुकक्लोज गरेकाे थियाे ।

९. नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३.७५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि समेत ६.८० प्रतिशत नगद गरी कुल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । बैंकले पुस १३ गते काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा ३० औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मङ्सिर २९ गते नै बुकक्लोज गरेकाे थियाे ।

१०. लक्ष्मी सनराइज बैंक 

लक्ष्मी सनराइज बैंकको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि समेत ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । बैंकले पुस २६ गते काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १९ गते बुकक्लोज गर्दैछ ।

११. ग्लोबल आएमई बैंक

ग्लोबल आएमई बैंकको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि समेत ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । बैंकले मङ्सिर २८ गते काठमाडौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा १७ औँ वार्षिक साधारण सभा गरिसकेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मङ्सिर १३ गते नै बुकक्लोज गरेकाे थियाे ।

यसैगरी हिमालयन बैंक, कुमारी बैंक, एनएमबि बैंक, नेपाल बैंक र प्राइम कमर्शियल बैंकले यो वर्ष लगानीकर्तालाई लाभांश नबाँड्ने भएका छन् भने कृषि विकास बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र प्रभु बैंकले लाभांश घोषणा गर्न बाकिँ नै रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको