Like us!
Follow us!
Connect us!
Watch us!

जब चोरहरुले सिङ्गै एटीएम नै उठाएर भागे...

अर्थ संसार

सोमबार, २३ पुस २०८०, १४ : ०० मा प्रकाशित

जब चोरहरुले सिङ्गै एटीएम नै उठाएर भागे...

भारतको आगरामा चोरले सिङ्गै एटिएम नै उठाएर भागेका छन् ।

३० लाख भारु रहेको उक्त स्टेट बैंक अफ इन्डियाको एटिएम चोरहरुले सोमबार बिहान साढे २ देखि ३ बजेको समयमा लिएर भागेका थिए । पिकअप भ्यान लिएर आएका चोरहरुको समूहमा ४-५ जना रहेको प्रहरीले जनाएको छ । बैंकको शाखासँगै रहेको उक्त एटिएमलाई बिहानीपख लागेको हुस्सुको फाइदा उठाउँदै चोरहरुले निकालेर भागेका थिए ।

चोरहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले आसपासका सिसिटिभी फुटेजमार्फत अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको