Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम सिमेन्टको आईपीओ आजबाट: कसले, कताबाट, कहिले सम्म ,कति दिन सक्छन आवेदन ?

अर्थ संसार

बुधबार, २५ पुस २०८०, ०७ : २० मा प्रकाशित

सर्वोत्तम सिमेन्टको आईपीओ आजबाट: कसले, कताबाट, कहिले सम्म ,कति दिन सक्छन आवेदन ?

बुक बिल्डिङ विधिबाट सार्वजनिक निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टले उद्योग तथा खानी उत्खनन प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आज पुस २५ गते देखि आइपिओ निष्कासन खुला गरेको भएको छ। 

कम्पनीले प्रति कित्ता ३६० रुपैयाँ ९० पैसाका दरले ३६ लाख कित्ता प्राथमिक निष्कासनका लागि अनुमति मागेको हो । । कम्पनीको कुल जारी पुँजीको १२.९०३३ प्रतिशतले हुने ६० लाख कित्ता सेयर बुक बिल्डिङ विधिबाट जारी गर्न अनुमति पाएकोमा त्यसको ४० प्रतिशत अर्थात २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि निष्कासन गरिसकेको छ । बाकिँ ६० प्रतिशत मध्ये ९ लाख ३० हजार कित्ता स्थानीयबासीलाई, २ लाख ६७ हजार कित्ता कर्मचारीलाई र बाकिँ सर्वसाधारणका लागि जारी हुनेछ ।

यस अघि कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई कटअफ प्राइस ४०१ रुपैयाँमा सेयर बाँडफाँड गरेको थियो । संस्थागत लगानीकर्तालाई बिक्री गरेको कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणलाई धितोपत्र निष्काशन गर्नुपर्ने हुँदा कम्पनीले प्रतिकित्ता सेयर ३ सय ६० रूपैयाँ ९० पैसाको दरमा सेयर बिक्री गर्न लागेको हो । 

कति दिने आवेदन ?
आइपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीको आह्वानपत्रमा उल्लेख गरिएको छ। साथै कम्तिमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने हुँदा लगानीकर्ताले यस आइपिओमा आवेदन दिन १८ हजार ४५ रुपैयाँ उक्त आइपिओका लागि छुट्याउनुपर्ने हुनेछ ।

कसले दिन सक्छन आवेदन ?

आइपिओमा नवलपरासी जिल्लाको सुनबल नगरपालिकाको वडा नम्बर ३,४,५,६,११ र १३, पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको वडा नम्बर १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नम्बर २,३,४ र ६, तिनाउ गाउँपालिकाको वडा नम्बर १,२ र ३, माथागढी गाउँपालिकाको वडा नम्बर ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा नम्बर ७ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।

कहिले सम्म दिने आवेदन ?
उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा माघ १० गते हुनेछ भने ढिलोमा माघ २५ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १० गते सम्ममा आवेदन दिनु पर्नेछ।

कता बाट दिने आवेदन ?

उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले नवलपरासी जिल्लाको ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले पाल्पा जिल्लाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै  मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

बिक्रि प्रबन्धक को हो ?

यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ। भने कम्पनी उत्पादन सेक्टरको रहेको छ ।

रेटिङ्ग 

 रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। अर्थात वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ।

कस्तो छ कम्पनीको अवस्था ?

आर्थिक वर्ष २०७९/८० को असारसम्मको वित्तीय विवरण अनुसार कम्पनीको प्रति सेयर आम्दानी पाँच रुपैयाँ १३ पैसा रहेको छ भने नेटवर्थ १ सय ८५ रुपैयाँ १९ पैसा रहेको छ । लगानीको साधारण लगानी फिर्ता हुने अवधि (क्यास ब्याक पिरियड) ३ वर्ष ९ महिना रहेको छ भने डिस्काउन्टेड क्यास ब्याक पिरियड ४ वर्ष ७ महिना रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको