Like us!
Follow us!
Connect us!
Watch us!

दक्षिण कोरियालाई संविधानबाटै मुख्य शत्रु घोषणा गर्दै उत्तर कोरिया, पर्यटकसमेत रोकिने

अर्थ संसार

मंगलबार, ०२ माघ २०८०, १४ : ०३ मा प्रकाशित

दक्षिण कोरियालाई संविधानबाटै मुख्य शत्रु घोषणा गर्दै उत्तर कोरिया, पर्यटकसमेत रोकिने

उत्तर कोरियाले दक्षिण कोरियासँग युद्ध रोक्न कुनै प्रयास नहुने बताउँदै संविधान नै संशोधन गरि दक्षिण कोरियालाई मुख्य शत्रु घोषणा गर्न लागेको जनाएको छ ।

त्यहाँको संसद सुप्रीम पिपल्स एसेम्ब्लीलाई सम्बोधन गर्दै उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियासँग एकताको सम्भावना सकिएको बताएका हुन् । सोलले लगातार सत्तापलटको प्रयास गरेको आरोप लगाउँदै उनले दक्षिणले उत्तर कोरियालाई हडपेर एकता गर्न खोजेको पनि बताए ।

किमले युद्धका खण्डमा दक्षिण कोरियालाई पूर्ण रुपमा अधीनमा लिइने र दक्षिणी जनतालाई छिमेकी जनताका रुपमा लिन नसकिने पनि उल्लेख गरेको जनाइएको छ । उनले कुनै पनि किसिमको अन्तर-कोरिया संवाद रद्द गर्न तथा प्योङयाङसँग एकता गर्न दक्षिणका सम्पदा नष्ट गर्नसमेत आह्वान गरेको जनाइएको छ ।

यस सँगै उत्तर दक्षिण एकताका लागि काम गरिरहेका तीन संस्थाहरु पनि बन्द हुने भएका छन् भने अन्तर कोरिया पर्यटन समेत अब बन्द हुने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको