Like us!
Follow us!
Connect us!
Watch us!

क्युबामा १३३ टन चिकेन चोरी, ३० पक्राउ

अर्थ संसार

आइतबार, २८ माघ २०८०, ११ : ३९ मा प्रकाशित

क्युबामा १३३ टन चिकेन चोरी, ३० पक्राउ

क्युबामा राज्यको भन्डारमा राखिएको एक सय ३३ टन चिकेन चोरेर सडकमा बिक्री गरेको आरोपमा ३० जना पक्राउ परेका छन् ।

कट्टर कम्युनिस्ट राष्ट्र क्युबामा राज्यले उत्पादित खाद्यान्नलाई राज्यको भन्डारमा राखी रासनप्रणालीमार्फत जनतालाई वितरण गर्नेगर्दछ । तर पछिल्लो समय आर्थिक मन्दी लाग्दा त्यहाँ खाद्यपदार्थ, पेट्रोलियम पदार्थ तथा औषधि जस्ता वस्तुको अभाव हुन थालेको छ । यसै अभावकाबीच खाद्यपदार्थको ठूलो चोरी भएको हो । सरकारी अधिकारीहरुले कुनै एक प्रान्तलाई एक महिनासम्म पुग्ने बराबरको चिकेन चोरी भएको बताएका छन् ।

चिकेन चोरेर बिक्री गरेबापत् आएको पैसाले उनीहरुले ल्यापटप, टेलिभिजन, फ्रीज, एसी जस्ता सामान खरिद गरेको पनि अधिकारीहरुको भनाई छ । क्युबामा रासनबुक बनाएर सबैलाई सहुलियतदरमा खाद्यान्न वितरण गरिन्छ । रासनबुकमा पछिल्लो समय चिकेनको परिमाण घट्दै गएको जनाइएको छ ।

चोरहरुले मध्यराति २ बजे १६६० कार्टुनमा रहेको चिकेन ट्रकमा हालेर चोरी गरेका थिए । चोरीको आरोपमा पक्राउ पर्नेमा स्टोरको हाकिमदेखि आइटी कर्मचारी र सुरक्षागार्डहरु समेत रहेको जनाइएको छ । चोरी पुष्टि भएमा उनीहरुलाई २० वर्षसम्मको कैद सजाय हुनसक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको