Like us!
Follow us!
Connect us!
Watch us!

जापानमा बिहे गर्नै छाडे युवायुवती, अघिल्लो वर्ष ९० वर्ष यताकै न्यून संख्यामा बिहे

अर्थ संसार

शनिबार, १९ फागुन २०८०, १२ : १४ मा प्रकाशित

जापानमा बिहे गर्नै छाडे युवायुवती, अघिल्लो वर्ष ९० वर्ष यताकै न्यून संख्यामा बिहे

जापानमा युवायुवतीले बिहे गर्नै छाडेपछि सन् २०२३ मा गत ९० वर्ष यताकै न्यून संख्यामा बिहे भएको छ ।

सार्वजनिक नयाँ तथ्यांक अनुसार अघिल्लो वर्ष जापानमा ५ लाख भन्दा कम बिहे मात्र भएका थिए । आर्थिक समस्या र कोभिड समयको आइसोलेसनले युवायुवतीहरुमा बिहे प्रति रुचि नै हराइसकेको खोजहरुले देखाएको छ । जीवनयापनका लागि उच्च खर्च लाग्ने तथा रोजगारीको लागि कठिन बजार बनिदिँदा त्यहाँका युवा युवतीले बिहेलाई प्राथमिकता दिनै छाडेका हुन् ।

न्यून आय भएका जापानीहरुमा अझै बिहे नगर्ने संस्कृति नै बस्न थालेको जनाइएको छ । यसरी न्यून बिहे हुँदा जन्मदरमा अझै उच्च गिरावट आउन थालेको छ । यसकारण जापानले निकट भविष्यमा जनसंख्या अभावको ठूलो समस्या खेप्नुपर्ने अवस्था आउनसक्ने जानकारहरु बताउँछन् ।

उसो त जापान सरकारले बिहे तथा बालबच्चा हुर्काउन प्रोत्साहित गर्ने कार्यक्रमहरु नल्याएको भने हैन । तर उच्च मुद्रास्फीतिका अगाडि ती व्यवस्थाहरु नगण्य बनिदिँदा जापानमा जनसंख्याको गिरावट मूख्य समस्याकै रुपमै देखापर्न लागेको विज्ञहरुको भनाई छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको