Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा फेरी ऐतिहासिक रेकर्ड, तोलाको १ लाख ३३ हजार

अर्थ संसार

बुधबार, २१ चैत्र २०८०, १० : ५५ मा प्रकाशित

सुनको मूल्यमा फेरी ऐतिहासिक रेकर्ड, तोलाको १ लाख ३३ हजार

नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरी ऐतिहासिक बिन्दुमा पुगेको  छ । मंगलबार ४०० रुपैयाँले घटेको सुनको मूल्यले बुधबार १ हजार ८०० रुपैयाँ बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य १ लाख ३१ हजार २०० रुपैयाँ तोकिएको थियो । 

अमेरिकी डलरको मूल्यमा देखिएको मजवुतिसँगै त्यसको प्रभाव सुनको मुल्यमा पर्दै गएको बिश्लेषकहरुले बताएका छन् । विगत केही महिनादेखि नै सुन र चाँदीको भाउ निरन्तर उकालो यात्रामा रहेको छ ।

बुधबार तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ६१० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ५४५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँ बढेको छ । चाँदीको यो मूल्य पनि हालसम्म कै उच्च रहेको महासंघले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको