Like us!
Follow us!
Connect us!
Watch us!

एचआइडीसीएलको १ करोड ७८ लाख कित्ता सेयर आइतबारदेखि लिलामी बिक्रीमा,सर्वसाधारणले पनि खरिद गर्न मिल्ने

अर्थ संसार

शुक्रबार, २३ चैत्र २०८०, १३ : ०८ मा प्रकाशित

एचआइडीसीएलको १ करोड ७८ लाख कित्ता सेयर आइतबारदेखि लिलामी बिक्रीमा,सर्वसाधारणले पनि खरिद गर्न मिल्ने

जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)ले १ करोड ७८ लाख ४० हजार १४० कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको छ । कम्पनीको हकप्रदमा नबिकेको उक्त सेयरमा सर्वसाधारण तथा संघसंस्थाहरुले आइतबारदेखि बैशाख ९ गतेसम्म शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेड, लक्ष्मण बाबु भवन, नक्साल, काठमाडौं तथा नारायणचौर, नक्साल, काठमाण्डौंमा आवेदन दिन सकिनेछ ।

यस्तै ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू शंखमुल – नयाँबानेश्वर, विर्तामोड–झापा, हनुमानदास रोड, विराटनगर–मोरङ ,जनकपुरधाम–धनुषा, आर्दशनगर, वीरगञ्ज– पर्सा, हेटौडा– मकवानपुर ,नारायणगढ– चितवन, न्यूरोड, पोखरा– कास्की, मिलनचोक, बुटवल–रूपन्देही, बाग्लुङ्ग बजार–बाग्लुङ्ग, त्रिभुवन चोक, नेपालगञ्ज– बाँके विरेन्द्रनगर–सुर्खेत, घोराही–दाङ, धनगढी–कैलाली, महेन्द्रनगर– कञ्चनपुरबाट आवेदन दिन सकिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको