Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकले डाक्यो सेयरधनीहरुलाई, के के छन् साधारणसभाको प्रस्ताव?

अर्थ संसार

मंगलबार, २७ चैत्र २०८०, १० : ०९ मा प्रकाशित

प्रभु बैंकले डाक्यो सेयरधनीहरुलाई, के के छन् साधारणसभाको प्रस्ताव?

प्रभु बैंकले आफ्ना सेयरधनीहरुलाई साधारणसभा आह्वान गरेको छ । कम्पनीले २०८१ वैशाख २० गते बिहिबार साधारण सभा बोलाएको हो।

बैंकले बबरमहल स्थित आफ्नै केन्द्रीय कार्यालयमा साधारणसभा गर्ने भएको छ।

बैंकले साधारणसभा प्रयोजनको लागि वैशाख ४ गते बुक क्लोज तय गरेको छ  । अर्थात बैंकले वैशाख ३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन पाउनेछन ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबात लाभांश प्रस्ताव गरेको छैन ।

बैंकले आ.व. २०७९ / ०८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्न प्रस्ताव अगाडी सारेको छ। तेस्तै,लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने तय भएको छ। 

यस बाहेक यस बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको आ.व. २०७९ / ०८० को वित्तीय विवरण सहितको एकीकृत Consolidated) वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। 

तेस्तै,बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ. व. २०८०/०८१ का लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने बैंकको प्रस्ताव छ। 

यस बाहेक सञ्चालकहरुको नियुक्ती अनुमोदन एवं जानकारी सम्बन्धि प्रस्ताव रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको