Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको ९७ हजार संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, १९ बैशाख २०८१, १३ : २३ मा प्रकाशित

कुमारी बैंकको ९७ हजार संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले ९७ हजार १५० कित्ता  संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्ने छन् । 

विद्यमान संस्थापक सेयरधनीहरुले आज फागुन ४ गतेदेखि ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड, नक्साल नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालयमा आइपुग्ने गरी आवेदन दिनु पर्ने छ ।

उक्त समयभित्र म्याद भित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर विक्रीको प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको