Like us!
Follow us!
Connect us!
Watch us!

एक्जिट पोल नमिलेपछि लाइभ शो मै रोए..

अर्थ संसार

मंगलबार, २२ जेठ २०८१, १८ : ४४ मा प्रकाशित

एक्जिट पोल नमिलेपछि लाइभ शो मै रोए..

भारतीय लोकसभा निर्वाचनको मत गणना जारी रहेको छ ।

मत गणना जारी रहेको बेला एक्जिट पोल नमिलेपछि इन्डिया एक्सिस एक्जिट पोलका प्रमुख प्रदीप गुप्ता लाइभ टिभीमै रोएका छन् । इन्डिया टुडे टिभीको लाइभ प्रशारणमै उनले एक्जिट पोलको क्रममा गल्ति भएको भन्दै रोएका हुन् । उनले उत्तर प्रदेश, पश्चिम बंगल र महाराष्ट्रमा आफ्नो एक्जिट पोल नमिलेको बताए ।

एक्सिस इन्डिया भारतको निर्वाचनमा सटिक अनुमान गर्ने एक्जिट पोल मानिन्छ तर यस पटक भने एक्सिस इण्डियाले एनडीएले ३६० देखि ४०१ सीट जित्ने आकलन गरेको थियो ।

तर अहिलेसम्मको मत गणनामा एनडीए २९५ सिटमा मात्र अगाडी रहेको छ ।
      

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको