Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बजार पुँजीकरण २८ खर्ब, जेठ मसान्तसम्ममा ८६ अर्ब ८१ करोड बराबरको साधारण सेयर सूचीकृत

अर्थ संसार

विहीबार, २७ असार २०८१, १७ : ०५ मा प्रकाशित

धितोपत्र बजार पुँजीकरण २८ खर्ब, जेठ मसान्तसम्ममा ८६ अर्ब ८१ करोड बराबरको साधारण सेयर सूचीकृत

नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको तथ्यांकमा सेयर बजारको क्षेत्रमा भएको गतिविधिको तथ्यांक सार्वजनिक गरेको छ ।  

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८० जेठ मसान्तमा  धितोपत्र बजार पुँजीकरण २८ खर्ब ४४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । जेठ मसान्तमा २०४२.०७ रहेको नेप्से सूचकाङ्क २०८१ जेठ मसान्तमा २११२.३० कायम भएको छ । २०८१ जेठ मसान्तमा धितोपत्र बजार पुँजीकरण ३३४९ अर्ब ४८ करोड कायम भएको छ। २०८० जेठ मसान्तमा बजार पुँजीकरण २९८६ अर्व २० करोड रहेको थियो । त्यस्तै,२०८१ जेठ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० जेठमा सूचीकृत कम्पनीहरूको संख्या २५४ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५८.३ प्रतिशत रहेको छ ।  त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.० प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.७ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.४ प्रतिशत रहेको छ । 

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ जेठ मसान्तमा सूचीकृत ८ अर्ब ३१ करोड सेयरको चुक्ता मूल्य  ८२३ अर्ब ३१ करोड रहेको छ । आर्थिक वर्ष २०८०८१ को एघार महिनामा  ८६ अर्ब ८१ करोड बराबरको साधारण सेयर,२१ अर्ब ९८ करोड बराबरको बोनस सेयर, २१ अर्ब १७ करोड बराबरको हकप्रद सेयर र ३ करोड बराबरको एफपीओ गरी कुल १२९ अर्ब ९८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

बोर्डमा नयाँ अध्यक्ष नियुक्तीको लागि राजनीतिक एवं व्यापारीक समुह हावी हुँदा बिगत केही महिनादेखि बोर्ड अध्यक्ष बिहिनको अवस्थामा रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका सभापति केपी शर्मा ओली र अर्थमन्त्री बर्षामान पुनबिचको त्रिपक्षीय असमझदारीकाकारण बोर्डले नयाँ अध्यक्ष पाउन नसकेको हो । बोर्डमा आफ्नो मातहतको व्यक्तिलाई अध्यक्ष बनाएर आफ्नो स्वार्थ सिद्ध गर्न ठुला, ठुला व्यापारीक घराना पनि लागि परेका छन । यिनैको प्रभावमा सरकारको नेतृत्व गरिरहेको दल र गठबन्धन एवं अर्थमन्त्री पुन समेत परेकाकारण धितोपत्र बोर्डका अध्यक्ष नियुक्ती प्रकृया पेचिलो बन्दै गएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको