Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकहरूले कमाए ६४ अर्ब १५ करोड नाफा, कुनको कति ?

अर्थ संसार

सोमबार, २१ साउन २०८१, ११ : ३८ मा प्रकाशित

वाणिज्य बैंकहरूले कमाए ६४ अर्ब १५ करोड नाफा, कुनको कति ?

गत आर्थिक वर्ष २०८०/०८१ मा वाणिज्य बैंकहरूले ६४ अर्ब १५ करोड रुपियाँभन्दा बढी खुद नाफा कमाएका छन् । 

बैंकहरूले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार सो नाफा कमाएको देखिएको हो । 

यसरी हेर्दा बैंकहरुको यो नाफा अघिल्लो आव २०७९ /८० को सोही अवधिको तुलनामा १३.४० प्रतिशतले बढी हो। अघिल्लो आवमा बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख रुपियाँ खुद नाफा कमाएका थिए।

गत आवमा सबैभन्दा बढी नाफा कमाउने बैंक नबिल बनेको छ। समीक्षा अवधिमा बैंकले ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १०.२३ प्रतिशतले बढी हो। समीक्षा अविधमा नाफा धेरै कमाउनेमध्येमा ग्लाेबल आईएमई बैंक दाेस्राे स्थानमा छ। बैंकले असार मसान्तसम्ममा ६ अर्ब १६ करोड रुपैयाँ नाफा गरेको छ। त्यस्तै, समिक्षा अवधिमा धेरै नाफा कमाउनेमा तेस्राे स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेकाे छ । बैंकले साे समयमा ५ अर्ब १९ लाख रूपैयाँ नाफा आर्जन गरेकाे छ ।

यस्तै, प्रभु बैंकले ४ अर्ब ४८ कराेड ८ लाख, कुमारी बैंकले २ अर्ब ३० कराेड ८२ लाख, प्राइम कमर्सियल बैंकले ३ अर्ब ७७ कराेड ४३ लाख, कृषि विकास बैंकले ३ अर्ब ६५ कराेड ५६ लाख, एभरेष्ट बैंक ३ अर्ब ७० कराेड ६ लाख, राष्ट्रिय वाणिज्य बैंकले३ अर्ब ४९ कराेड ८२ लाख, स्टान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० कराेड ८९ लाख, लक्ष्मी सनराइज बैंकले ३ अर्ब ३ कराेड ४५ लाख खुद नाफा कमाएका छन् ।

यसैगरी सिद्धार्थ बैंककाे ३ अर्ब १ कराेड ५५ लाख, हिमालयन बैंककाे २ अर्ब ८३ कराेड ८० लाख, सानिमा बैंककाे २ अर्ब ३४ कराेड १९ लाख, एनएमबि बैंककाे २ अर्ब ३३ कराेड ६५ लाख, नेपाल एसबिआई बैंककाे २ अर्ब १ कराेड ३७ लाख, नेपाल बैंक लिमिटेड बैंककाे १ अर्ब ६५ कराेड ६८ लाखएनआईसी एशिया बैंककाे १ अर्ब ३८ कराेड १८ लाख, सिटिजन्स बैंककाे १ अर्ब ३४ कराेड २४ लाख रहेकाे छ। समिक्षा अवधिमा सबैभन्दा कम माछापुच्छ्रे  बैंकले १ अर्ब २५ कराेड नाफा आर्जन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको