Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो बैंकहरुको खराब कर्जा,कुन क्षेत्रको कति छ ?

अर्थ संसार

आइतबार, २० असोज २०८१, ०९ : १२ मा प्रकाशित

बढ्यो बैंकहरुको खराब कर्जा,कुन क्षेत्रको कति छ ?

पछिल्लो समय भाका नाघेको कर्जा असुलीमा समस्या बढ्दै गएको छ । जसका कारण बैंकहरुको खराब (निष्क्रिय) कर्जा बढेको जनाएको छ । बैंकहरुको खराब कर्जा ५ प्रतिशतभन्दा कम हुनुलाई सामान्य अवस्था मानिन्छ । तर, ५ प्रतिशतभन्दा माथि जानुले बैंकहरुको कर्जा लगानीको जोखिम उच्च देखाउँछ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको औसतमा खराब कर्जा ३.८६ प्रतिशत रहेको जनाएको छ । 

साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५१ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यस तथ्यांकलाई आधारमान्दा बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा १ खर्ब ९९ अर्ब रुपैयाँभन्दा धेरै रहेको छ । अघिल्लो वर्षको साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा अनुपात औसतमा ३.०२ प्रतिशत अर्थात् १ खर्ब ४६ अर्ब रुपैयाँ निष्क्रिर्य कर्जा रहेको थियो । 

यसअवधिमा वाणिज्य बैंकहरुको निष्क्रिर्य कर्जा ३.७६ प्रतिशत छ । अघिल्लो वर्षको साउनमा वाणिज्य बैंकहरुको औसतमा निष्क्रिय कर्जा २.९८ प्रतिशत थियो । १ वर्षमा निष्क्रिर्य कर्जा ०.७८ प्रतिशत बिन्दुले बढेको हो ।

चालु आर्थिक वर्षको साउनसम्ममा विकास बैंकहरुको निष्क्रिय कर्जा १८ अर्ब ८ करोड १७ लाख रुपैयाँ छ । यस अवधिमा विकास बैंकहरुले कुल ४ खर्ब ९९ अर्ब ४९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा ३.६२ प्रतिशत कर्जा निष्क्रिय देखिएको हो । विकास बैंकहरुमा देखिएको यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ अर्ब ३८ करोड ९४ लाख ९८ हजार रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरुले ४ खर्ब ६९ अर्ब ५७ करोड रूपैयाँ कर्जा प्रवाह गर्दा २.४९ प्रतिशत अर्थात ११ अर्ब ६९ करोड २२ लाख ९३ हजार रुपैयाँ कर्जा निष्क्रिय देखिएको थियो ।

फाइनान्स कम्पनीहरुको भने साउन मसान्तसम्म आइपुग्दा औसतमा निष्क्रिय कर्जा ९.८७ प्रतिशत छ । अघिल्लो साउनमा फाइनान्स कम्पनीहरुको औसतमा निष्क्रिय कर्जा ७.६० प्रतिशत थियो । १ वर्षमा फाइनान्स कम्पनीहरुको निष्क्रिय कर्जा औसतमा २.२७ प्रतिशत बिन्दुले बढेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको