Like us!
Follow us!
Connect us!
Watch us!

जनतालाई किन सडकमा उर्तान चाहन्छन रवि ?

विमल तिवारी

अर्थ संसार

मंगलबार, ०६ कार्तिक २०८१, १५ : ५१ मा प्रकाशित

जनतालाई किन सडकमा उर्तान चाहन्छन रवि ?

मेरो लागि होइन देश र जनताको सहज अवस्था को लागि, नागरिक पिडा मा छन देश बिषम परिस्थिति छ । उद्यम व्यपार ठप्प छ, आय न्युन छ, कर्जा को पिडा, मिटरब्याजी समस्याको निदान गरि निकाश दिएको छैन, घर जग्गा सम्पति संकट गहिरिदै छ,जनतामा मानसिक छट्पटाहट र बेचैनी छ । सुनिश्चितका साथ बनेको सरकार  सुसाशनको असल प्रयाश गरिदा मेरो व्यक्तिगत बिषयललाई लिएर कू–नियतका साथ बिपक्षी संग सम्झौता गर्न बाध्य भयो यसरि वर्तमानसरकारले जनताको मुद्दा समधान गर्न सक्दैन यसले बिकराल अवस्था निम्त्याउछ जनताले दुःख पाउछन् अर्थतन्त्रमा चुनौती थपिनेछ । समस्या बिकराल बन्नेछन् ।  यस्तो विषम परिस्थितीमा राष्ट्रिय सहमतिको सरकार, बिषयगत चुनौति र निवारणको रणनीति र अनेकन कोष संयन्त्र निर्माण गरि सहजता दिनुपर्छ । देशको अवस्था नाजुक छ, सबैले बुझ्नु पर्छ ।

मेरो व्यक्तिगत बिषय सहकारीमा मेरो संलग्नता नरहेको प्रष्टीकरण संसदिय छानबिन समितिले नै गर्छ । फेरी पनि सहकारी अपचलनमा राजनितिक प्रतिशोध साध्न कारबाहिको सिफारीस हुन्छ । प्रचलित नेपालको कम्पनी ऐन आनुसार मैले लिएको शेयर यथास्थितीमा लेनदेन फर फरच्यौट गरिसकेर लगत कायम भैसक्यो,अडीट कर चुक्ता साधारण सभा भैसक्दा कम्पनिको

शेयरहोल्डर एंव सञ्चालकको केहि उजुरि छैन । मैले गरेको निर्णय र बिल भौचर राफ साफ गरिसके केहि भए गरे कानुन अनुसार सहुला भोगौँला भन्दा भन्दै स्वार्थ र रिस साध्न एक न्याधिश इजलाशले जेल जसरि पनि हुनुपर्ने देखियो । म मेरो समस्या मा निर्धोष छु कुनै संलग्नता छैन । साबित गर्न कानुन लाइ सघाउछु । मेरो निहुमा दोषीहरुले उन्मुक्ति नपाउन नउम्किउन यति चहान्छु । यसरी प्रष्टीकरण दिने रवि लामिछाने उपर ठोस प्रमाण बिना समात्नु गलत हो । अन्याय हो । जनताले यसको बिरोध भत्सना गर्नुपछ । प्रणाली भित्र एस्तो छिद्र अनेक छन् जसरि पनि हरेक नागरिक चुकेका हुँन्छन् चुक्न बाध्य बनाइन्छ । राज्यले आफुले चाहदा बदला लिने बदनियतको अन्त्य गर्नैपर्छ ।

आर्थिक संयन्त्र भित्र अनुभब बिज्ञता बिषयगत  दक्षताको उचित मुल्याकंन गरि राज्य सञ्चालनमा न्मत्रिरिवा दिई भूमिका जिम्मेबारी र उत्तरदायित्व पुरा गर्ने अभिभारा हस्तान्तरण नगरी देश कसरि बन्छ ? यहाँ चन्दा कार्की, मा. स्वर्णिम वाग्ले डा. बिमल तिवारी जस्ता अनेकन प्रतिभाहरुको विज्ञता अनुभब र कौसल हराउँछ,  विदेशिन बाध्य बनाइन्छ, औचित्यहिन साबित गरिन्छ । अब मिथ्या सपना देख्ने पुरातन दाउपेचको राजनीतिको अन्त्य गर्दै सहज जीवन र सुन्दर भाबिष्यको साँचो सार्थक सपना र अठोट सिद्धि र साबित गर्ने हरेक नागरकिका लागि समान अवसरको खुला आकाश निलो क्रान्तिमा जान समर्थन दिन सबैमा मेरो पनि हार्दिक अपिल छ ।  

 हाम्रो जीवनको धेह परिवर्तन र बिकाश हो ।

बिबेक पूर्ण तरिकाले पुस्ता हस्तान्तरण गरि देश लिई निकाश दिन अभिभारा पुरा गर्न सुनिचित गर्न सबै राजनितिज्ञ हरुमा हार्दिक निबेदन । यसरि असफलता योग्यता अक्रमता भित्रको फोहरी खेल बन्द गरि सम्मानको राजनितिक संस्कारमा साथ दिन हार्दिक अनुरोध गर्दछौ ।

रास्वपा नेपालीकाचो माटोको दिर्घकालिन खुला हृदय देखिको पाको राजनीति गर्न चाहन्छ । नागरिक स्वतन्त्रता कुल सर्बोच्चता अर्थात जनता सबोपरी शासन व्यवस्थामा बिस्वाश गर्दछ । मधेशको विभेद र अधिकारको लागी भएको आन्दोलनको मुल चुरो कुरो यहि हो । शासक भक्षक भइ नागरिकको यथार्थ आवश्यकता र पिडामा नजर अन्दाज गर्दछ । जनता माथि शोसन र चरम विभेद हुन्छ ।

मधेशले अधिकार को आन्दोलन त गरायो तर न लक्ष्य थियो न गन्तब्य जनता स्वाभिमानका साथ समग्र राष्ट्रिय परिवेश मा पहिचान र सहभागिता इस्थापित गराउने राज्यले आफ्नै नागरिकलाइ भारतीय नागरिकको रुपमा हेर्ने÷देख्ने राज्यको नजरिया बदल्ने जस्तो महान संकल्प नागरिक अधिकार र स्वतन्त्रको लडाई लामो समय देखि मिथिला भुमि मधेसले भोग्यो गर्यो तर संस्कार र संगत जस्तै प्रजातन्त्र पछि जन्मिएका दलीय नेतृत्व भक्षक भए इमान हरायो, बैमानि धन्दा फस्टायो, लाग्छ बैमानी बिना बाच्न गार्हो छ । संसार बैमानी र ठगी धन्दा मात्र चल्छ । वास्तवमा चुस्त व्वस्थापन, प्रणाली पारदर्शिता र नागरिको सासनमा पहुँच र जनालोक्पालको सुनिश्चितताले नेपाली नागरिकको स्वतन्त्रता र सर्वोेचता स्थापित हुन्छ ।

यसैलाई आधार बनाइ रास्वपा सभापति व्यक्तिगत व्यवसायिक जीवनको भोगाइ गराइको वास्ता नगरी राजनिती अभियानको नेतृत्व गर्दै छन । यो अभियान रवि लामिछानेको होइन सम्पूण युवा पुस्ताको हो । पराधीनता दाशत्व अन्त्य शिक्षा स्वास्थ्य रोजगारको सुनिश्चितता, नागरिकको बाच्न खुला अवसरका लागि दिर्घकालिन समाधान स्वाधीनताको आधार स्तम्भ निर्माण गर्नु यस अभियानको मूल उद्देश्य हुन् । भने राजनितिक घेराबन्दी तोड्नु देश लाइ वैकल्पिक निकाश दिन स्वतन्त्र व्यक्ति चरित्र निर्माणले मात्र तत्कालीक निकास आउदैन र  ढिला हुने हुँदा सम्पूर्ण स्वतन्त्र अभियान कर्तालाइ संगठित गर्नु सम्बैधानिक आवश्यकता रहेकोले र पार्टी निर्माण गर्नु र पेशा त्यागी देश र जनता लाई आसा भरोशा दिदै युवा पुस्ताले आफ्नो उतरदायित्व पुरा गर्न मार्ग निर्देशन नितान्त कर्तब्य निस्ट हुनु आवश्यक थियो र भयो । परिबर्तनको नायक रवि लामिछाने बने । जनताले यहि बुझे तर रवि लामिछानेले यो अभियान हो मैले अग्रसता देखाए भन्ने मान्छन र हेरेक को भूमिका प्रति सम्मान दिन्छन । जनताले केहि लाई मात्र विश्वास गरी राम्रै जनमत दिए । निर्वाचित नयाँ पुस्ताले भरपुर क्षमताले प्रदर्शन देखाए । जनतामा खुसी उत्साहित र थप विश्वास जगायो । बिषयको संबेदना बिना खुला रुप बा शब्द मार्फत राख्न थाले यति कि को प्रतिपक्ष को निकटको पराय के गोप्य के सार्बजनिक ख्याल नगरी आफ्नो काचोपन पन निर्णय र कार्य सम्पादनमा देखियो ।

धैर्यता र अभिमत दृष्टिकोण फरक भए पनि ठाउँ र परिस्थितिको ख्याल गर्न चुके जस्तो भने सानो समयमा यस्तो निलो क्रन्ति सम्मको सपना बुन्नु रास्वपा नेपाली काचो माटोको पाको राजनीतिक अभ्यास गरदै छ भन्ने मान्नु पर्छ । सुदृढ हुनुपर्छ परिष्क्रित हुनुपर्छ । रास्वपा भित्रको काचोपन स्वभाविक हो । यसको आकार प्रकार प्रकृतीको लागि माटो सुक्नुपर्छ बल्ल रास्वपा लाई बनाउन  हार्ने र जित्ने २ दल हुने राजनितिलाई पेशा हैन सेवा र क्षमता प्रस्फुटनको अवसर असल चरित्रको निर्माण गर्ने थलो बनोस रास्वपा यति चाहान्छ । रास्वपा व्यक्ति चिन्दैन प्रणाली बुझ्दछ । प्रणाली मान्नु र गर्नु कार्यसम्पादनको बैधानिक सुनिश्चितता कायम गर्नु हुनेछ । पार्टी निर्माण गर्दा रास्वापा पनि सिमित व्यक्तिको घेरा भित्रपरेको, विभिन्न स्वार्थ लिइ छेरेको स्वार्थ मिल्लेने हरुले छुटै राजनीतक रणनित बुनेको रवि लामिछाने कम्जोर भएको मान्दछन । परिथिति र संस्कारले मानव परिवर्तन गर्न सक्दछ । मापदण्ड सरेर रास्वपा नेतृत्व निर्माण भएको र यसको पारिधि फराकिलो रहेको रबि लामिछाने मन्दछन् । यसको लागी राष्ट्रिय भेला मार्फत आफ्नो कार्यकर्ता र उम्मेद्वार सँग पटक पटक माफी माग्दै आफुलाइ प्रेरणा र सम्वाहकको रुपमा मात्र लिन भनि हरेक तह नेत्रित्व दिन आहवान गर्दछन । इमानको लडाईले युग परिवर्तन सुनिश्चित हुनसक्छ । यो कौसल अहिलेको पुस्तामा छ । रास्वपा निर्माणले हरेक आन्दोलनको सार्थकता पुरागर्न सक्छ ।

स्वतन्त्र हुनु भनेको पूर्ण लोकतन्त्र  Complete Democracy  vs  Democrays under kingship or democracy based on party system दलीय तन्त्र थियो र हो । 
ने.क.पा. एमालेका महान नेताहरु मदन भण्डारी र मन मोहनको नेपाली जनताको जनबाद नागरिक सबोच्चता र नागरिक स्वत्रता कायम गर्नु हो । माओबादीको जनवादी क्रान्ति एवं आमुल परिबर्तनको सपना बुन्ने प्रचण्ड बाहेक काबिलियत अरु कोही देखिदैनन् छैनन विषय बस्तुमा दख्खल दिन सक्ने प्रचण्डका मुख्य सारथी बाबुराम, विप्लब बेमुख बेघर छन्, केही स्तब्ध । जे भएपनि व्यवस्था र अवस्था परिवर्तन अर्थात् स्वनिर्भरता समप्प्नता र आत्मसम्मानको लागि भएको क्रान्ति हो । 

संघिय गणतन्त्र धर्म निरपेक्षता अर्थात मानव धर्म विभेक र चेतना निर्भर राज्यको मूल धर्म बनाइ जनताको संविधान बनाई निकाश दिनु पछिल्लो जनआन्दोलनको उपलब्धि प्राप्तीको सम्मान गर्दे अगाडी बढ्नुको विकल्प छैन । अधिकतम् स्वीकार्यता उत्कृष्टता सावित गर्न आउदो दिनमा परिमार्जन परिस्कृत गर्न दिर्घकालिन दृष्टि चाहिन्छ । त्यो युवापुस्तामा हुन्छ गर्छ । त्यसैले परिवर्तनको सम्मान गर्दै स्वतन्त्र नागरिक बन्नु नेपाली नागरिकको राष्ट्रिय धर्म हो । हरेक आन्दोलन सहिद, सपुतहरु बाट प्राप्त परिबतन र उपलब्धिको ससम्मान, सस्थापन र दिशा निर्देश गर्नु युवा पुस्ताको साझा कर्तब्य हो । रास्वपा अनुभव, कौसल, पिडा भोगेका युवा पुस्ताहरुको बाँकी अभिभारा हो । जिम्मेवारी लिनु पर्च, होला भने बंधेज र घेरा बन्दिको राजनितले देश, जनता भाबी पुस्ताले भुत्तान गर्नुपर्छ । समयमा बैचारिक विभाजित राजिनिति त्यागेर  देश बनाउन स्वतन्त्र देश भक्त हुनु पर्छ । देश बनाउन घर बनाउन के को राजनिती । खुला निलो आकाश जस्तै विसाल, समान खुला अवसर निरन्तर सुध्रिढ बिकास र विस्तार र बृद्धी । संसारमा साबित गराऔं अग्रगामी हामी नेपाली । 

योग्यता विज्ञताको उचित साम्मान र प्रतिस्पर्धा बिना उत्कर्षको नबिन गुणात्मक उपलब्धी सम्भब छैन । वर्तमानको राजनीतिले यसको खरिद बिक्रि हुनु गर्नु बाध्य बनाउने पार्टिको गुलामी र चाकडी गर्दा पहिचान दिने नीतिले अहम हठको पाखण्ड नेतृत्वको जन्म गराउने हुन्छ । हद सम्मको अपराध स्वभाभिक बनाउने हुन्छ कंशले भ्रुण हत्या प्रतिको पाखण्डीपन र कृष्णको जन्मको अवस्था र नेपाली स्वतन्त्र अभियानकोे अवस्था उस्तै छ । त्यसैले बचाउका लागि जनविश्वास र जन सहभागिता आवश्यक छ ।


   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको