Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सुधारको संकेतः कारोबार ६ अर्ब ३४ करोड,पाउला आजको वृद्धिले निरन्तरता ?

अर्थ संसार

सोमबार, १० मंसिर २०८१, १५ : २० मा प्रकाशित

सेयर बजारमा सुधारको संकेतः कारोबार ६ अर्ब ३४ करोड,पाउला आजको वृद्धिले निरन्तरता ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई दिन पछी सुधार देखिएको छ । आज बजार १५.८३ अकंले बढेर २६८३.२४ बिन्दुमा बन्द भएको छ । आज ३०९ कम्पनीको १ करोड २२ लाख ६३ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३४ करोडको कारोबार भएको हो ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५४ करोड ७ लाख रुपैयाँको सेयर  कारोबार भएको छ । 

आज सबैभन्दा धेरै बेष्ट फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९१ प्रतिशतका दरले कमाएका छन् ।आज सबैभन्दा धेरै ङादी ग्रुप पावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

सेयर बजारका लागि सबै सुचक सकारात्मक भएतापनि नेप्से भने समग्रमा सुस्त अवस्थामा छ ।  मौद्रिक नीति समीक्षामार्फत लगानीकर्ताहरु सेयरको जोखिभार घटाउनुपर्ने आवाज उठाइरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको