राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समयसीमा असार २४ गतेसम्म थपिएको छ। कम्पनीले असार १ गतेदेखि हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत अर्थात् १:१ को अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो।
कम्पनीले कुल ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको ६१ लाख २७ हजार ९ सय ३८ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो।
यस हकप्रदमा केवल जेठ ५ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र आवेदन दिन योग्य छन्, किनभने कम्पनीले बुक क्लोज मिति जेठ ६ गते तोकेको थियो।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख २५ गते हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो। उक्त हकप्रद सेयर निष्काशनको बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेड ले लिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस