Like us!
Follow us!
Connect us!
Watch us!

राधी विद्युतले राप्ती हाइड्रोको १२.९ लाख कित्ता सेयर बिक्री गर्ने

अर्थ संसार

बुधबार, २५ असार २०८२, ०७ : ३७ मा प्रकाशित

राधी विद्युतले राप्ती हाइड्रोको १२.९ लाख कित्ता सेयर बिक्री गर्ने

राधी विद्युत कम्पनी लिमिटेडले आफ्ना नाममा रहेको राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको १२ लाख ९० हजार कित्ता संस्थापक सेयर विक्री गर्ने निर्णय गरेको छ।

कम्पनीले उक्त सेयरहरू बजारमा चलेको मूल्यमा बिक्री गर्ने जनाएको छ। यसका लागि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा विद्युत नियमन आयोगमा आवश्यक सूचना पठाइएको छ।

विद्युत सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनका पूर्वस्वीकृति तथा नियामकीय प्रक्रियाअनुसार, "विद्युत सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्काशनका पूर्वस्वीकृति तथा नियामक सम्बन्धी निर्देशिका, २०७८" को दफा ११ बमोजिम सर्वसाधारणलाई जानकारी दिनुपर्ने व्यवस्था छ। त्यसैअनुसार सूचना प्रकाशनको प्रक्रिया अगाडि बढाइएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको