दोस्रो बजारमा कारोबारमा आएदेखि नै लगातार रुपमा सकारात्मक सर्किट लागेर कारोबार भएको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य पछिल्लो समय लगातार रुपमा घटिरहेको छ । यो कम्पनीको मूल्य पछिल्लो २८ कारोबार दिनमा ४४.३१ प्रतिशतले घटेको हो ।
वैशाख ३१ गतेको कारोबार समयमा यो कम्पनीको सेयर मूल्य २ हजार ४५८ रुपैयाँ २० पैसासम्म पुगेको थियो । जुन यो कम्पनीको हालसम्मकै उच्च मूल्य हो । त्यस पछिका २८ कारोबार दिन १ हजार ८९ रुपैयाँ ३० पैसाले घटेर यो कम्पनीको सेयर मूल्य असार १० गतेको कारोबार बन्द हुँदा १ हजार ३६८ रुपैयाँ ८९ पैसा पुगेको छ ।
उच्च मूल्यमा खरिद गर्ने लगानीकर्ताहरुले पछिल्लो समय धेरै गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य २ हजार ४५८ रुपैयाँ २० पैसा भएको दिन २ लाख ४६ हजार २०९ कित्ता सेयर खरिद बिक्री भएको थियो । जुन हालसम्मकै सबै भन्दा धेरै कारोबार संख्या पनि हो । त्यस भन्दा अघिसम्मका यो कम्पनीको सेयर निकै कम मात्रै खरिद बिक्री भइरहेको थियो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा केन्द्रीय कार्यालय रहेको यो कम्पनीको कुल ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत रहेको छ । त्यसमध्ये पब्लिक २२ लाख ५० हजार र प्रमोटर ५२ लाख ५० हजार कित्ता रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस